मधुमेह र क्यान्सरका बिरामीको कोरोना परीक्षण गरिने

असार १९ गते : सरकारले नोभेल कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले क्याक्सर र मधुमेहका बिरामी, इमर्जेन्सी र आईसीयूमा भर्ना भएका बिरामी र पकेट एरियामा बस्नेहरुको पीसीआर परीक्षण गरिने जानकारी दिए । उनले स्वास्थ्यकर्मीहरुको पनि कोरोना परीक्षण गरिने बताए ।

उनले भने, “विदेशबाट स्थल मार्ग वा हवाइ मार्ग हुँदै आएकाहरु होटल वा होम क्वारेन्टिनमा बस्दा अनिवार्य (एस एम एसको प्रयोग गर्ने ) सामाजिक दूरी, मास्क लगाउँने, साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नुपर्नेछ । ” उनले २१ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने समेत बताए ।