मिलान युरोपा लिगको सेमिफाइनलमा

साउन २७ गते : इटालियन सिरि ए क्लब इन्टर मिलान युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम आठमा भएको खेलमा जर्मन क्लब बायर लेभरकुसेनलाई २-१ गोलले पराजित गर्दै युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

सोमबार राति भएको खेलमा मिलानको जितका लागि निकोलो बेरेल्ला र रोमेरो लुकाकुले एक एक गोल गरे । लेभरकुसेनका लागि काई हाभर्टले एक गोल फर्काएका थिए । तीन ओटै गोल पहिलो हाफमा भएका थिए ।

खेलको १५ औं मिनेटमा बेरेल्लाले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि लुकाकुले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । उनले अस्ले योङको पासमा गोल गर्दै मिलानलाई २-० को अग्रता दिलाए ।

२४ औं मिनेटमा लेभरकुसेनका हाभर्टले गोल गर्दै गोल अन्तर २-१ पारे । उनले केभिन भोलान्डको पासमा गोल गर्दै लिभरकुसेनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर त्यसपछि कुनै पनि थप गोल हुन नसक्दा खेल मिलानले जितेको हो ।

युरोपा लिगको शीर्ष १६ मा स्पेनिस ला लिगा क्लब गेटाफेलाई २-० गोलले पराजित गर्दै शीर्ष आठमा प्रवेश गरेको थियो । एजेन्सी