युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

साउन २७ गते : प्रीमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा डेनिस क्लब कोपनहेगनलाई १-० गोलले पराजित गर्दै युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल ब्रुनो फेर्नान्डेजले गरे । ९० मिनेटको निर्धारित खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा युनाइटेडले गोल गरेको थियो । ९५ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै फेर्नान्डेजले गोल गरेका थिए । उनको निर्णायक गोलको मद्दतले नै युनाइटेड युरोपा कपको सेमिफाइनलमा प्रवेश गर्यो ।

युनाइटेडले कोपनहेगनको पोस्टमा १४ पटक प्रहार गरेको थियो । जसमा दुई गोलसमेत भएको थियो । तर दुबै गोलमा रेफ्रीले अफसाड दिएका थिए ।

यसअघि शीर्ष १६ को पहिलो लेगमा साल्केमाथि ५-० गोलको फराकिलो जित निकालेको युनाइटेडले दोस्रो लेगमा २-१ को जितसँगै समग्रमा ७-१ को फराकिलो जित निकाल्दै युनाइटेड क्वाटर फाइनलमा प्रवेश गरेको थियो । एजेन्सी