महोत्तरीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

जनकपुरधाम, साउन २८ गते । महोत्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

मठिहानी नगरपालिका वार्ड नम्बर ६ बस्ने एक जना ४५ वर्षीय पुरुषको मृत्यु भएको हो । मधुमेह र फोक्सोका रोगी रहेका उक्त पुरुषको उपचारको क्रममा २ दिन पहिला जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो ।

उपचारकै क्रममा उनको स्वाब लिइ परीक्षणको लागि प्रयोगशालामा पठाएको थियो । मङ्गलबार महोत्तरीमा ११ जना संक्रमीत मध्य उनिमा समेत कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यता, मृतकको दाहासंस्कारमा गएका करिब ५० जनाभन्दा बढी व्यक्तिहरुलाई होम क्वारेन्टीनमा बस्न मटिहानी नगरपालिकाले आग्रह गरेको छ भने मठिहानीको बजार क्षेत्र र वार्ड नम्बर ६ मा पुर्ण रुपेण सिल गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।  यससंगै महोत्तरीमा मृतकको संख्या २ पुगेको छ ।