मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

 

साउन २८ गते : मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
जनकपुर ढल्केवर सडकखण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा मंगलबार राति मोटरसाइकल चालक अशोक यादवको मृत्यु भएको हो ।
महेन्द्रनगरबाट जनकपुरतर्फ आइरहेको लु ५६ प ५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरित दिसाबाट गइरहेको लु ६१ प ७७६८ नम्बरको मोटरसाइकलमा ठक्कर दिदा दुर्घटना भएको भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

जनकपुर उपमहानगरपालिका वडा नम्बर १ बस्ने यादवलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको उनले बताए ।