सहकारी विभागको सचिवमा भण्डारी

 

साउन २८ गते : श्रीलालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली काँग्रेसले वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ ।
दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लागेका भण्डारीको लामो समयसम्मको योगदानलाई कदर गर्दै नेपाली काग्रेसले सचिवमा नियुक्ति गरेको हो ।

उनीसहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्रीलालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ठ संस्थाको रुपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार शेयर सदस्य छन् ।
संस्थाको लागानीमा श्रीलालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्रीलालीगुराँस अस्पताल, भैरबकुण्ड हाइड्रोपावर र श्रीलालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् ।

सबै सस्थाको नेतृत्वदायी भुमिकामा रहनुभएका भण्डारीले आफ्नो नियुक्तिलाई सहीरुपमा अघि बढाउदै सहकारी र बित्तिय संस्थाको विकासमा अथक रुपमा लागिरहने बताउनुभएको छ ।
नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष रहेका भण्डारीले सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै वित्तिय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्ति गरेको बताइएको छ । हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् ।

नेपाली काँग्रेसको विधान २०१७ ९संसोधन सहित०को धारा २५९९ बमोजिम उनलाई नियुक्ति गरेको पत्रमा उल्लेख छ । नियुक्ति भए लगत्तै उनले पार्टीको केन्द्रिय वित्तीय विभागलाई थप सुदृढ र गतिशिल बनाउन दत्तचित्त भई लागि पर्ने बताएका छन् ।

यसअघि सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित समितिमा समेत काम गरिसकेका भण्डारी कुशल सहकारीकर्मीको रुपमा परिचित छन् । रातोपाटी