लागू औषधसहित ३ जना पक्राउ

साउन २९ गते : रौतहटमा प्रतिबन्धित लागु औषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चन्द्रनिगाहपुरस्थित ईलाका प्रहरी कार्यालयको गस्ती टोलीले लागु औषधसहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तनहुँ दुलेगौडा नगरपालिका– ४ निवासी २८ वर्षीय महम्मद मुर्तुजा, कास्की पोखरा महानगरपालिकाका– ३१ निबासी ३९ वर्षीय रामबहादुर रानाभाट र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० सुनौलका लालुदिन मिया  खान लागुऔषसहित पक्राउ परेको डिएसपी हेमबहादुर शाहीले बताए ।

निषेधाज्ञा अवधिमा पोखराबाट ईटहरी जाँदै गरेको ग २ च ३९७५ नम्बरको कारमा कोकाकोलाको बोतलभित्र लागुऔषध लुकाएर लगिरहेको अवस्थामा चन्द्रनिगाहपुरमा गरिएको चेकजाँचको क्रममा उनीहरु पक्राउ परेको डिएसपी शाहीले जानकारी दिए ।

उनीहरुले प्रयोग गरेको कारबाट लागुऔषध ओनरेक्सको सिलबन्दी ४ थान बोतल समेत बरामद भएको छ भने नगद ५० हजार, भारतीय ५ सयको नोट ४५ हजार, अमेरिकन डलर एकको १६ थान र बिभिन्न कम्पनीको ४ थान मोवाईल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजना उपर लागुऔषध ऐनअनुसार मुद्धा प्रक्रियामा अनुसन्धान सुरु गरिएको डिएसपी शाहीले बताए । रातोपाटी