पोलार्ड मुम्बईका लागि सर्वाधिक खेल खेल्ने खेलाडी

एजेन्सी, असोज ८ गते । वेस्ट इन्डिजका अलराउण्डर कायरन पोलार्ड एन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सका लागि सर्वाधिक खेल खेल्ने पहिलो खेलाडी बेनेका छन् ।

१३ औं संस्करणको आईपीएल अन्तर्गत बुधबार राति कोलकत्ता नाइटर राईडर्स (केकेआर) विरुद्ध मैदान उत्रिदै मुम्बईका लागि सर्वाधिक खेल खेल्ने खेलाडी बेनेका हुन् । उनले मुम्बईका लागि आईपीएल सर्वाधिक १५० खेलेका छन् । यो मुम्बईका कुनैपनि खेलाडीले खेलको सर्वाधिक खेल संख्या हो ।

उनको १५० खेलमा मुम्बईको टिम तथा प्रशिक्षकले उनलाई खेल अघि १५० नम्बरको जर्सी दिएका थिए । उनले आफ्नो १५० औं खेलमा सोही नम्बरको जर्सी लगाउँदै ५ नम्बरमा ब्याटिङ गर्न मैदान उत्रिएका थिए ।

वेस्ट इन्डिजका ३३ वर्षीय क्रिकेट पोलार्डले सन् २०१० मा पहिलो पटक मुम्बईबाट आईपीएल खेलेका थिए । उनले दिल्ली क्यापिटल्स (तत्कालीन दिल्ली डेयरडेभिल्स) विरुद्ध फिरोजशाह कोटला मैदानमा डेब्यु गरेका हुन् । उनी टिमको सदस्य रहँदा मुम्बईले चार पटक आईपीएल जितिसकेको छ ।

मुम्बईले सन् २०१३ मा चेन्नाई सुपर किंग्सलाई हराउँदै पहिलोपटक आईपीएल जित्दा पोलार्डले ३० बलमा ६४ रन बनाएका थिए । पोलार्डले आईपीएलमा अहिलेसम्म २ हजार ७७५ रन बनाएका छन् भने ५६ विकेट लिएका छन् ।