४० हजार मूल्यबराबरका पटाका बरामद

रौतहट, असोज १२ गते : रौतहटमा प्रहरीले ४० हजार मूल्यबराबरका पटाका बरामद गरेको छ । कटहरिया नगरपालिका ४, बकैयापुलबाट विभिन्‍न प्रकारका पटका बरामद गरिएको हो ।

इलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको प्रहरीलाई देख्‍नासाथ सन्तपुरबाट कटहरियातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त पटाका फेला परेको हो ।