शृंखलाबद्ध बलात्कार: बाउले नै छोरीको अस्मिता लुटे

  • राजकरण महतो

बर्दिवास, असोज १६ गते । मस्त रक्सी खाने अनि दिन भरी मोवाईलमा पब्जी गेम खेल्ने । श्रीमति काममा गएकोे मौका छोपी घरमा रहेकी अबोद्ध छोरीलाई बलात्कार गर्ने । राती श्रीमति सुतेपछि फेरी त्यही रबैया दोहोर्उने । यो क्रम एक १२ बर्षीय बालिकामाथि महिना दिनसम्म चल्यो । बालिकाले आफुमाथि भइरहेको अपराध बारे आमालाई सुनाइन् । अपराध बारे गाउँमा हल्लीखल्ली भयो । अन्तः घटना प्रहरी पुग्यो । आरोपी वुवा अहिले खोरमा छन् ।

घटनाको वृत्तान्त सुन्दै आङ सिरिङ्गयो हुने यो घटना महोत्तरीको बर्दिबास–२ सिंगापुर गाउँको हो । आफ्नै वुवाबाट एक बालिका एक महिनादेखि बलात्कृत हुदैं आएकी वडा सदस्य एकबहादुर भुजेलले बताए । ‘बलात्कार गरेको कुरा आमालाई सुनाईस् भने तँलाई र तिम्रो आमालाई मारिदिन्छु भनि वुवाले छोरीलाई डर देखाउँथिन् । अति भएपछि छोरीले नै घटना बारेर आमालाई बताइन्,’उनले भनिन् ।

आरोपी वुवालाई पक्राउ गरेर कारवाही थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईले जनाए । प्रहरी हिरारस्तमा रहेका उनीमाथि जबर्जस्तकरणी तथा हाड नाता अन्तर्गत मुद्दा चलाइएको छ ।

वुवाले छोरीलाई बलात्कार गरेको एउटा प्रतिनीधि उदाहरण मात्रै हो । महोत्तरीको बर्दिबासमा पछिल्लो समय शृंखलाबद्ध बलात्कारका घटना भएको छ । भदौं २ गते यता इलाका प्रहरी कार्यालय बर्दिबासमा बलात्कारका चार वटा घटना दर्ता भएको छ । जसमध्ये तीन घटना भदौं अन्तिम साता भित्रै भएको देखिन्छ ।

होटलमा बन्धक बनाई बालिकालाई बलात्कार गरिएको छ । लागुऔषध सेवन गराएर बेहोस पारी होटलमा लगेर जबर्जस्ती करणी भएको रहस्य पनि सार्वजनिक भएको छ । बालबालिका पढ्ने कक्षा कोठामा पनि बालिकाको इज्जत लुटेको घटना प्रकासमा आएको छ ।

गत भदौं २५ गते एक बालिकामाथि एक युवकले बर्दिबासस्थित प्रिन्स होटलमा लगेर बलात्कार गरे । सिन्धुली घर भएकी १७ बर्षीया बालिकालाई दुई वटा मोटरसाईलमा उनीहरुले अपहरण गरि महोत्तरीको सम्सी बोर्ड पु¥याएका थिए । त्यहाँ नशा लाग्ने लागु पदार्थ खुवाएर होटलमा लगेर साँझ राखे । आफूलाई दुई दिन सम्म शरिर बन्धक बनाएर पटक पटक जबर्जस्ती करणी गरेकोे पीडित बालिकाले प्रहरीमा व्यान दिएकी छन् । घटना स्थलमा प्रहरीले मुचुल्का गरेका छन् ।

घटना संलग्न तीन जना फरार छन् । पीडकमाथि अपहरण तथा शरीर बन्धक र जबर्जस्तीकरणी कसुरमा प्रहरीले मुद्दा दर्ता गरेर कारवाही अगाडी बढाएको छ ।प्रहरीले उनीहरुलाई खोजिरहेको छ ।

पीडित बालिका सानै हुँदा उनको आमा पोइलो गइन् भने, बुवाको देहान्त भयो । सिन्धुलीको कमलामाई नगरपालिका–७ लुङ्गेलीटारस्थित मामा घरमा रहेर कक्षा ८ मा उनी बढ्दैं आएकी थिइन् ।
बलात्कृत बालिकाको मामाले घटनापछि घर लान नमानेपछि उनी अहिले ओरेक नेपालको सेफ हाउसमा छिन् ।

‘उसको भविष्य अन्यौलमा परेको छ । उनको न आमा छ न वुवा छ,’ पीडित बालिकाको न्यायका लागि पहल गरिरहेका दलित संघर्ष समिति महोत्तरीका संयोजक मिन रहपालले भने ।

बालिका बलात्कारको घटना सेलाउन नपाउँदै गत भदौं ३० गते बर्दिबास–६ किसाननगरमा एक अपाङ्ग महिला बलात्कृत भइन् । घाँस काटेर घर फर्किर्दै गरेकी २६ बर्षीय ती महिला १६ बर्ष बालकबाट बलात्कृत भइन् ।

खेतको आलीबाट हिलोमा लडाएर उनले महिलाको बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ । पीडकलाई पक्राउ गरि कारवाही थालिएको छ ।

स्कूलमा लगेर बलात्कार गरेको घटना पनि प्रहरीमा पुगेको छ । बर्दिबास नगरपालिका–५ ढुँग्रे स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको कक्षा –१ कक्षा कोठा भित्र करिब १५ बर्षको बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । एक युवकले गत जेठ ६ गते राती ११ बजे यो घटना घटाएका थिए । पछि सोही युवकले गत भदौं २ गते बर्दिबासस्थित पंक्षी होटलमा २ दिनसम्म पटक पटक बलात्कार गरेका थिए । विवाह गर्छु भनी प्रलोभन देखाएर ती युवकले बालिका बलात्कार गर्दै आएका थिए । पीडक विरुद्ध प्रहरीमा उजुरी परेको छ । पीडक फरार छन् । प्रहरी उनको खोजी गरिरहेको छ ।

‘दोषीलाई कडा कारवाही गर्ने गरि अनुसन्धान थालेका छौं,’डीएसपी चपागाईंले भने,‘ बलात्कारका घटना बढेको होइन् । बरु प्रहरीमा आएका घटनालाई प्राथमिकताका साथ अनुसन्धान गरेर कारवाही थालेका छौं ।’फरार भएका आरोपीहरुलाई कानुनी कठघारामा उभियान प्रहरी प्रतिबद्ध रहेको उनले बताए ।

चालु आर्थिक बर्षमा इप्रका बर्दिबासमा जबर्जस्ती करणी शीर्षकमा ५ वटा मुद्दा दर्ता भएको छ । २०७६–०७७ मा ५, २०७५–०७६ मा १३ वटा जर्बजस्ती करणी र जबर्जस्तीकरणी उद्योग अन्र्तगत मुद्दा दर्ता भएको थियो ।

महिला बालबालिका तथा समाजिक न्याय समिति प्रदेश– २ की सदस्य तथा प्रदेश सभा सदस्य सारदा देवी थापाले दोषीलाई काडाकारवाही गर्न सबैले प्रहरीलाई काम गर्ने वातावरण सिर्जना गर्नु जोड दिइन् । ‘प्रहरीलाई आफ्नो हिसाबले काम गर्नदिनु पर्छ,’उनले भनिन्,‘दोषीलाई कडाकारवाही हुनै पर्छ ।’ आजको द पब्लिक टुडे दैनिकमा समाचार छ ।