कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण

द पब्लिक टुडे
गौशाला, असोज २० गते ।
हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार उनले स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो ।

हरिवंश आचार्यका अनुसार उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले आफ्नो सम्पर्कमा आउनेहरुलाई पीसीआर परीक्षण गर्न र होम आइसोलेसनमा बस्‍न आग्रह गरेका छन् । आचार्यले जनस्वास्थ्यका मापदण्ड अपनाउन पनि उनले सुझाएका छन् ।