तराईबाट देखियो हिमालको लोभलाग्दो दृश्य…(फोटोफिचर)

  • आरएन महतो

बर्दिवास, कात्तिक १५ गते । आकाश खुलेपछि तराईबाट हिमशृखंलाको मनोरम दृश्य देखिन थालेपछि कोरोनोको कहरमा खुशीको संचार भएको छ ।

आठ महिनादेखि कोभिड–१९ बाट आक्रान्त भएको मानिसको मनोविज्ञानलाई तराईबाट देखिन थालेको हिमालले जिवनप्रति आशावादी बनाएको नेकपा प्रदेश २ कमिटिका सदस्य शंकर महतोले बताए । उनका अनुसार आकाश खुलेपछि दुईदिनदेखि एकाबिहानै झुल्किने गरेको घामसँगै हिमशृखंला देखिने गरेको छ ।

तराईको भूमिबाट हिमालदेखिएपछि मानिसहरु आफ्नो हिमालसँगै तस्विर खिचेर समाजिक संजालमा पोष्ट गर्न थालेका छन् । एकाबिहानै आफ्नो आङ्गनबाट देखिने गरेको हिमालले महामारीको समयमा पर्यटन व्यवसायीलाई थप उत्साहित बनाएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौमतले बताए । ‘कोभिड–१९ ले गुमेको पर्यटन व्यवसायी विस्तारै पुरानै लयमा फर्किन्छ भन्ने सन्देश प्रकृतिले दिएको छ ।’

प्रकृतिसँगै बाँचिरहेको मानवजिवनलाई हिमशृखंलाले गाउँलेलाई खुशी बनाएको बर्दिवासका संतोष पौडेलले बताए । उनी भन्छन्, ‘आज बिहानै सुतेर उठदा आफ्नै आङ्गनबाट गौरीशंकर हिमाल देख्यौं । हिमालसँगै आफ्नो फोटो समेत खिचे । सेताम्मे हिमालको दृश्यले थोरै भएपनि मनमा उत्साह जाग्यो ।’

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट हिमालदेखेपछि दिपक मिश्राले खुशी व्यक्त गरेका छन् ।