अमेरिकाको नयाँ राष्ट्रपतिमा बाइडेन निर्वाचित

एजेन्सी : विश्व महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएका छन् ।

राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई हराउँदै डेमोक्र्याटका उम्मेदवार उनी अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

अब उनी आगामी चार वर्षका लागि ह्वाइट हाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्। डेमोक्रेटिक पार्टीका सदस्य उनी यसअघि पूर्व उपराष्ट्रपति भइसकेका व्यक्ति हुन् ।