लोक गायिका शान्ति सदाको मगही छठ गीत सार्वजानिक (भिडियो सहित)

बर्दिवास, मंसिर ३ गते । तराई मधेशकी चर्चित लोक गायिका शान्ति सादाको स्वरमा मगही छठ गीत ‘छठी मैयाँ अर्घ लियौ स्वीकार’ बोलको गीत सर्वजानिक भएको छ ।

यस गीतको संकलन मगही भाषा अभियन्ता फुलगेन मगहीले गरेका छन् । गीतको शब्द संगीत उदगार यादवको रहेको छ भन्ने म्युजिक एरेन्ज दिपेन्द्र रामले गरेका हुन । मगही सास्कृतिको रुपमा रहेको छ्ठ पर्व सब भन्दा ठूलो र निष्ठाको पर्व रहेको धार्मिक परम्परा अनुसार मान्यता रहेको छ । साथै यस गीतको आर्थिक सहयोग भने जनकपुरधाम्ब-१४ स्थित रहेको जानकी डेरी उधोगको सञ्चालक सन्तोष महतोले गरेका हुन् ।

शरण इन्टरटेनमेन्ट नामको यूटुव च्यानलबाट सार्वजानिक गरिएको भिडियोको परिकल्पना आदित्य ठकुरीले गरेका हुन् भने ब्यबस्थापन गुरु शरण सादाले गरेका हुन् । यसअघि शान्ति सादाले मगही भाषाको कयाैं गीतमा स्वर दिई सकेकी छिन ।