डेमार्कलाई हराउँदै बेल्जियम अन्तिम चारमा, लुकाकुको दुई गोल

मंसिर ४ गते । यूईएफए नेसन्स लिग फुटबलको अन्तिम चारमा बेल्जियम प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा गएराति डेनमार्कलाई ४–२ ले हराउँदै बेल्जियमले नेसन्स लिगको अन्तिम चारमा पुगेको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले दुई गोल गरे भने युरी टेलिमान्स र केभिन डे ब्रुएनाले एक एक गोल गरे ।

घरेलु मैदानमा युरी टेलिमान्सले तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। तर, खेलको १७ औं मिनेटमा डेनमार्कका जोनास विन्डले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।खेलको ५६ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए। ६९ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियमलाई ३–१ ले अघि बढाए ।

खेलको ८६ औं मिनेटमा बेल्जियममा नासिर चाड्लीले आत्मघाती गोल गरे भने ८७ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै बेल्जियमलाई ४–२ को जीत दिलाए ।जितसँगै लिग ‘ए’ को समूह बीमा रहेको बेल्जियमले ६ खेलमा १५ अंक जोडेर प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको हो ।

बेल्जियमले अब फाइनल चरणमा फ्रान्स, इटाली र स्पेनसँग खेल्नेछ । फाइनल्स चरणका खेल २०२१ को अक्टोबरमा हुनेछन् । डेनमार्क भने ६ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रह्यो । एजेन्सी