बर्दिबास, मंसिर ४ गते । गायक झोकिलाल महतोले बालउद्यान निर्माणमा आर्थिक सहयोग गरेका छन् । महोत्तरीको बर्दिबासस्थित किसाननगरका गायक महतोले पाँच हजार एकाउन्न रुपैंया नगद सहयोग गरेका हुन् ।
बिद्यालय निर्माण तपाईं, हाम्रो अभियान भन्ने नारा साथ जनसहयोगी युवा सञ्जाल बर्दिबासले महोत्तरीको बर्दिबास नगरपालिका–९ मा रहेको राष्ट्रिय माध्यमिक बिधालय पशुपतिनाथ बनरझुल्लामा निर्माण गरिरहेको गार्डेन तथा चिल्ड्रेन पार्कका लागि उनले सहयोग गरेका हुन् ।
नेशनल लाइफ इन्स्योरेन्स बर्दिबासका शाखा प्रमुख समेत रहेका उनले शिक्षामा सबैको पहुँच भए मात्र समाज रुपान्तरण हुने विश्वास व्यक्त गरेका छन् ।