द पब्लिक टुडे
बर्दिबास, मंसिर ८ गते । महोत्तरीको बर्दिबास(१४ बाट एक बालिका बेपत्ता भएकी छन् । सहिद आलमकी ६ बर्षिय छोरी इन्तजार भनिने गुलाब साह खातुन हिजो बेलुका देखि बेपत्ता भएको हो ।
फुफुको घरमा खेल्दै गर्दा उनी आइतबार साझ ४ बजेदेखी बेपत्ता भएकि छन । साझ घर नफर्किएपछी परिवारजनले प्रहरीमा खबर गरेका ईलाका प्रहरी कार्यालय बर्दिबासका डिएसपी राजन चापागाईंले बताए ।
मध्य रातीसम्म प्रहरी र गाउँले बालिकालाई खोज्दा पनि भेटेको छैन । कुनियत भएकाले बालिकालाइ अपहरण गरेर बलात्कार गरेर हत्या गरेर सब लुकाएको हुन सक्ने स्थानीय सारदा दाहालले आशका गरेकी छिन ।
घरबाटै बेपत्ता भएकी बालिकाको प्रहरी र गाउँलेले खोजी कार्य तीब्र पारिएको छ ।
Discussion about this post