द पब्लिक टुडे
बर्दिवास, मंसिर ९ गते । महोत्तरीको बर्दिबास—१४ शुभम् बस्तीबाट वेपत्ता भएकी ६ बर्षीय बालिकाको शव फेला परेको छ । आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमका छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जनाए । बालिकालाई हत्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा उनको शव सोमबार मध्य रातमा फेला परेको हो ।
बर्दिबास—१४स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिम विकरु साहको घर पछाडीको विनोद साहको खाली जग्गामा बालिकाको शव भेटिएको हो ।

हत्या आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा आरोपमा गौशाला— ५ का २५ बर्षीय अरुण कुमार साहलाई हामीले पक्राउ गरिएको डीएसपी चपागार्इंले जनाए । ‘हो मैले नै बालिकाको हत्या गरेको हुँ, भनि अरोपीले स्वीकार गरेका छन्,’उनले भने ।
घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयहरुले बताएका छन् । आरोपीले बालिकाको बलात्कार गरेर हत्या गरेको हो ? भन्ने प्रश्नमा डीएसपीले भने,‘त्यो कुरा पोस्टमाटम रिपोर्टले भन्छ ।’ घटना स्थललाई हेरा हालेर प्रमाणहरु सुरक्षित राखिएको उनले जनाए ।
Discussion about this post