बर्दिवास सेवा समितिको आकस्मिक बैठक जारी

द पब्लिक टुडे
बर्दिवास, मंसिर १० गते ।
प्रहरीको गोली लागेर घाइते भएका बर्दिबास नगरपालिका–१ का ४० वर्षिय बुद्धिराज न्यौपानेको उपचारका क्रममा मृत्यु भएपछि बर्दिवास सेवा समितिको आकस्मिक बैठक बसिरहेको छ ।

बर्दिवास सेवा समितका सदस्य समेत रहेका संजय उपनामले चिनिने बुद्धिराज न्यौपानेको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको मृतकका भतिज सौगात न्यौपाने जानकारी दिएका छन् ।
६ वर्षीय बालिका गुलाब साह खातुनको निर्मम हत्या गर्ने दोषीलाई कडा कारवाहीको माग गर्दै भएको आन्दोलनमा भीड नियन्त्रण गर्न मंगलबार प्रहरीले गोली चलाउँदा न्यौपानेलाई तीघ्रामा गोली लागेर सख्त घाइते भएका थिए ।

उनको बर्दिबासस्थित पिनाकल हस्पिटलमा प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको थियो । उपचारका क्रममा मंगलवार राति १ बजे उनको मृत्यु भएको भतिज सौगातले जानकारी दिए ।

बैठकले अब के गर्ने भन्ने विषयमा छलफल भईरहेको स्रोतले जनाएको छ ।