१९४८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ लाख २६ हजार २६ पुग्यो

काठमाडौं, मंसिर १० गते : पछिल्लो २४ घण्टामा १ हजार ९४८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार १४० संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ छ ।
पछिल्लो २४ घण्टामा २८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको छ ।