बालिका हत्या प्रकरणः न्याय माग्दै महोत्तरीका सिडियोलाई ज्ञापन पत्र

द पब्लिक टुडे
बर्दिवास, मंसिर १२ गते ।
महोत्तरीको बर्दिवासमा बलात्कारपछि हत्या गरिएकी ६ बर्षिया बालिका गुलाबसा खातुनको न्यायको माग गर्दै जिल्लाका विभिन्न संघसंस्थाले महोत्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

शुक्रवार सामुदायिक परिवार कल्याण संघ तथा नगर बाल सजाल बर्दिबासकोे नेतृत्वमा विभिन्न संघसंस्थाले पाँचबुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई ज्ञापनपत्र बुझाएको हो ।

मानवअधिकारवादी संघसस्था नगर बाल संरक्षण समिती ओरेक नेपाल महोत्तरी, इन्सेक नेपाल, मानवअधिकार रक्षक सन्जाल, बर्दिबासका सम्र्पुण वडा बाल संरक्षण समिती, दलित विकास समिती महोत्तरी, विश्वकर्मा समाज नेपाल लगायतका संघसस्थाले घटनाका दाषीलाई हदैसम्मको कारवाही गरिनुपर्ने, घटनाको उचित छानविन गरी घटनामा संलग्न रहेका सम्पूर्ण दोषीलाई कारवाहीको दायरामा ल्याई कडा कारवाही गरिनुपर्ने, बालबालिकामाथि हुने यौन हिंसा, दुव्र्यवहार, बेबास्ता तथा शोषणका घटना अन्त्य गर्न सबै पक्षबाट उचित ध्यान दिनुपर्नेलगायतको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले ६ वर्षिय बालिकाको हत्या गरिएको घटनाको निश्पक्ष र स्वतन्त्र छानविन गरी दोषिलाई हदै सम्मको कारवाही र पिडितले सर्वौत्तम न्याय पाउनुपर्ने माग गरेको छ ।

यता ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले घटनामा जोडिएका दोषिलाई हदैसम्मको कारवाहीका लागि स्थानीय प्रशासन लागिपरेका प्रतिक्रिया दिए ।

गत आइतबार साँझ गाउँबाटै बेपत्ता भएकी महोत्तरीको बर्दिबास–१४ शुभम बस्तीकी गुलाबसाको शव सोमबार मध्यरातमा उनको घरनजिकैको झाडीमा बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो ।