Saturday, January 16, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

देशका ७७ वटै जिल्लामा मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन

mm by द पब्लिक टुडे
१३ मंसिर २०७७, शनिबार १०:०८
File Photo

File Photo

42
SHARES
86
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, मंसिर १३ गते । सरकारले क्रसर तथा बालुवा प्रशोधन उद्योग सञ्चालनमा कडाइ गरेको छ। गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई साताअघि परिपत्र गरी मापदण्डविपरीतका क्रसर बन्द गर्न निर्देशन दिएको थियो। त्यहीअनुरूप विभिन्न जिल्लामा स्थानीय प्रशासनले अनुगमन गरी काम गरिरहेका छन्। 

The Public Today

गृहका प्रवक्ता चक्रबहादुर बुढाले दर्तै नगरी सञ्चालन गरिरहेका, बस्तीलाई असर गर्ने क्रसर तत्काल बन्द गराउन निर्देशन दिइएको जानकारी दिए। नदीजन्य पदार्थको उत्खनन नियन्त्रणमा गृह, संघीय मामिला, वन, ऊर्जा र उद्योग मन्त्रालय जोडिएका छन्। यिनै मन्त्रालयसम्बद्ध मन्त्रीहरू सम्मिलित बैठकले दुई साताअघि तत्काल मापदण्डविपरीतका क्रसर बन्द गर्न लगाउने निर्णय गरेको थियो। ठेक्का लगाउने, कर लिने र क्रसर उद्योग सञ्चालन अनुमति दिने काम संघीय मामिला मन्त्रालयले गर्दै आएको छ। मापदण्डअनुसार घना बस्ती र वन क्षेत्रको दुई किलोमिटरभित्रको दूरीमा बालुवा, ढुंगा र गिट्टी निकाल्न पाइँदैन। 

राजमार्गबाट ५ सय मिटर, सडक पुल तथा झोलुंगे पुलबाट एक किलोमिटर तल र ५ सय मिटरमाथि नदीजन्य पदार्थ उत्खनन गर्न पाइनेछैन।

संघीय मामिलाले साउनमा बनाएको मापदण्ड व्यावहारिक नदेखिएपछि परिमार्जन तयारीसमेत थालिएको छ। संघीय मामिलाले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड ०७७ बनाएको थियो। पहाड र तराईमा सञ्चालित क्रसर उद्योगलाई फरक ढंगले सञ्चालन गर्न दिनुपर्ने भएकाले मापदण्ड परिमार्जन गर्न समय दिइएको बुढाले बताए।

कतिपय ठाउँमा राजनीतिक पहुँचका आधारमा दर्ताबिनै क्रसर सञ्चालित छन्। स्थानीय सरकार सञ्चालन ऐन ०७४ ले नदीजन्य र खानीजन्य पदार्थको उत्खनन र बिक्रीवितरणको व्यवस्था मिलाउने अधिकार गाउँपालिका र नगरपालिकालाई दिएको छ। प्रशासन र स्थानीय तहसँगको मिलेमतोमा अनियन्त्रित दोहन हुन थालेपछि केन्द्रबाटै अवैध क्रसर बन्द गर्न निर्देशन दिनुपरेको गृह स्रोत बताउँछ।

ढुंगा, गिट्टी उत्खनन, संकलन र वितरणको प्रबन्ध गर्न सम्बन्धित स्थानीय तहले वातावरणीय अध्ययन प्रतिवेदन तयार गरेर गाउँ र नगर कार्यपालिकाबाट स्वीकृत गराउनुपर्छ। अब यससँगै नदीजन्य पदार्थ उत्खनन गर्दा श्रममूलक प्रविधिको प्रयोग गर्नुपर्छ। मेसिनको प्रयोग गर्नुपर्ने भए वातावरणीय अध्ययन प्रतिवेदनमा उल्लिखित सर्त र सीमाभित्र रहेर मात्र गर्नुपर्ने विषय मापदण्डमा उल्लेख छ।

ढुंगाखानी सञ्चालन गर्न कम्तीमा २० रोपनी निजी वा लिजमा जग्गा सम्बन्धित व्यवसायीको हुनुपर्छ। निजी उद्योगले उत्पादन गर्ने ढुंगा, गिट्टी र बालुवामा स्थानीय निकायले दर्ता तथा नवीकरण शुल्क लगाउन पाउने व्यवस्था नयाँ मापदण्डमा उल्लेख छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

ब्रेकिङ्ग न्युज-२

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

१३ मंसिर २०७७, शनिबार १०:०८
File Photo
ब्रेकिङ्ग न्युज-३

दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !

१३ मंसिर २०७७, शनिबार १०:०८
ब्रेकिङ्ग न्युज-१

ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय

१३ मंसिर २०७७, शनिबार १०:०८
ब्रेकिङ्ग न्युज-१

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

१३ मंसिर २०७७, शनिबार १०:०८
ब्रेकिङ्ग न्युज-१

‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

१३ मंसिर २०७७, शनिबार १०:०८
ब्रेकिङ्ग न्युज-१

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

१३ मंसिर २०७७, शनिबार १०:०८
Load More

Discussion about this post


भर्खरै

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

१३ मंसिर २०७७, शनिबार १०:०८
File Photo

दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !

१३ मंसिर २०७७, शनिबार १०:०८

ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय

१३ मंसिर २०७७, शनिबार १०:०८

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

१३ मंसिर २०७७, शनिबार १०:०८

‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

१३ मंसिर २०७७, शनिबार १०:०८

लोकप्रिय

  • File Photo

    महोत्तरी : पेस्तोलसहित युवक पक्राउ

    162 shares
    Share 65 Tweet 41
  • टिपरले किचेर हत्या गरिएका दिलिपको स्मृति दिवस आज मनाईदैं

    130 shares
    Share 52 Tweet 33
  • दिलिपको सम्झनामा प्रभात फेरी, पर्यावरण सहिद घोषणा गर्न माग

    97 shares
    Share 39 Tweet 24
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

    96 shares
    Share 38 Tweet 24
  • मिथिलामा नगर पत्रकार संजाल गठन

    94 shares
    Share 38 Tweet 24

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • जनकपुर–जयनगर रेल सञ्चालन हुँदै
  • दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !
  • ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय
  • प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
  • ‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल