Saturday, January 16, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

नेपालमा कोरोना भाइरसको खोप कहिलेसम्म आउला ? पहिले कस्ता व्यक्तिलाई खोप दिइनेछ ?

mm by द पब्लिक टुडे
१३ मंसिर २०७७, शनिबार १०:३१
सांकेतिक फोटो

सांकेतिक फोटो

25
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी : कोरोनाभाइरसको खोप विश्वबजारमा उपलब्ध हुने बितिक्कै नेपालमा ल्याउने गरी प्रक्रिया थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

The Public Today

अहिले विश्वका विभिन्न विकसित मुलुकहरूले कोरोनाभाइरसका लागि बनाइएका खोपको तेस्रो परीक्षण गरिरहेका छन्। तीमध्ये कुन प्राथमकितामा रहने भन्नेबारे अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ।

यसै साता स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्वबजारमा उपलब्ध भएसँगै नेपालमा पनि आउँदो मार्च महिनासम्ममा आइपुग्ने बताएका थिए।

सरकारले गतसाता विदेशमा बनेका ती खोप र औषधि ल्याउने कानुनी बाटो खोल्नका लागि अध्यादेशसमेत जारी गरिसकेको छ।

अमेरिका, बेलायत, चीन, रुसलगायत विभिन्न विकसिकत मुलुकमा खोप अन्तिम चरण परीक्षण भइरहेका विवरणहरू आएका छन्।

गृहकार्य

खोप ल्याउनका लागि खोप बनिरहेका देशमा कूटनीतिक नोटसमेत पठाइसकिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।

“जुनजुन देशमा खोप बनिरहेको छ ती सबै देशलाई हाम्रो परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाइसकेको छ,” उनले भने।

अहिले परीक्षणमा रहेका खोप १२ वर्ष उमेर माथिका लागि मात्रै हो। त्यसबाहेक जनसङ्ख्याको २० प्रतिशतलाई खोप ल्याउनका लागि ग्लोबल भ्याक्सिन अलाइन्स र विश्वस्वास्थ्य सङ्गठन मिलेर कोभ्याक्स भन्ने अवस्था निर्धारण तय गरेका छन्।

उक्त कोभ्यासले नेपालजस्तो गरिब मुलुकलाई खोप किनेर लगाउने कि सहुलियतमा लगाउने भनेर करिब ६ महिना अगाडि नै सोधेको डाक्टर गौतमले बताए।

नेपालले सहुलियतमा जनसङ्ख्याको करिब २० प्रतिशत अर्थात्, ६० लाख डोज चाहिने बताएको र त्यसको जवाफमा ‘उपलब्ध गराउने’ भनेर करिब डेढ महिनाअगाडि नै प्रतिबद्धता सहितको जवाफ आइसकेको उनले बताए।

खोपको प्राथमिकता सूचीमा को?

जनसङ्ख्याको करिब ३ प्रतिशत अर्थात् ९ लाख स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतका अग्रमोर्चामा काम गर्ने पर्छन्।

त्यसबाहेक ५५ वर्ष उमेर कटेका १७ प्रतिशत अर्थात् ५१ लाख रहेका छन्।

“कोभ्याक्सले खोप उपलब्ध गराएपछि पहिलो प्राथमिकतामा यो ६० लाख जनसङ्ख्या पर्छ,” प्रवक्ता डाक्टर गौतमले भने।

बाँकी रहेको जनसङख्याका लागि खोप जुटाउन ६० देखि ७० अर्ब रुपैयाँ पर्ने अनुमान गरेर त्यसै अनुसार विभिन्न दातृ निकायबाट रकम जुटाउने काम भइरहेको उनले बताए।

खोपले कसरी काम गर्छ

नेपाललाई कहाँ बनिरहेको खोप सुहाउँदो होला?

कतिपय देशले परीक्षणको अन्तिम चरणमा रहेका देशहरूबाट खोप किन्नका लागि प्रीबुक गरिसकेका खबरहरू आइरहेका छन्। तर नेपालको तर्फबाट भने त्यति धेरै पहलहरू नभएको बताइन्छ।

डाक्टर गौतम भने नेपालमा देखिएको भाइरसको प्रकृति अध्ययनका लागि राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) पनि अध्ययन सकेकोले त्यसका आधारमा पनि कहाँ बनेको खोप नेपाललाई ठिक हुन्छ भन्नेतर्फ विचार पुर्‍याउनुपर्ने बताँछन्।

“पहिला त खोप नै बनिसकेको छैन। बनिसकेपछि पनि हामीलाई कहाँको सँग मिल्दोजुल्दो हुन्छ, कति खर्चिलो हुन्छ, त्यसको व्यवस्थापन र भण्डारणको पक्ष हेरेर ल्याउँदा मार्च वा एप्रिल होला कि भन्ने छ,” प्रवक्ता गौतमले भने।

अहिले खोप परीक्षण भइरहेका मुलुकहरूमा डिसेम्बर महिनाभित्र ती खोपहरू उपलब्ध हुने विवरणहरू आइरहेका छन्।

एनएचआरसीले कोरोनाभाइरसको आनुवंशिक संरचनाको अध्ययन गरिसकेको र त्यसको निष्कर्षले नेपालीको भाइरस भारत र साउदी अरेबियामा देखिएको प्रकृतिसँग मिल्दोजुल्दो रहेको देखिएको जनाएको छ।

उक्त प्रतिवेदन छिट्टै सार्वजनिक गर्न लागिएको बताउँदै एनएचआरसीका सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले नेपालमा कस्तो खोप ठिक हुन्छ भन्ने सुझाव दिनका लागि थप नमुना लिएर नियमित आनुवंशिक संरचनाको अध्ययन गरिनुपर्ने बताएका छन्।

सरकारले खोप ल्याउनका लागि गृहकार्य गरिरहेका बेला अहिलेसम्मको अवस्था हेर्दा कहाँ कसले बनाइरहेको खोप नेपालका लागि ठिक होला?

पाटन अस्पतालमा कार्यरत तथा औषधि विज्ञानबारे अनुसन्धान गर्दै आएका चिकित्सक बुद्ध बस्नेत भन्छन्, “चीनले एक/दुई दिनमै खोपको पछिल्लो विवरण दिन्छ होला। मलाई चाहिँ त्यो खोप र अक्सफर्डले बनाएको र भारतको सीरम इन्स्टिट्यूटले धेरै अगाडि उत्पादन थालेको खोप नेपाललाई ठिक हुन्छ कि जस्तो लाग्छ।”

बस्नेत अक्सफर्ड विश्वविद्यालय क्लिनिकल रिसर्च युनिट नेपालका निर्देशकसमेत हुन्।

बिबिसी

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

ब्रेकिङ्ग न्युज-२

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

१३ मंसिर २०७७, शनिबार १०:३१
File Photo
ब्रेकिङ्ग न्युज-३

दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !

१३ मंसिर २०७७, शनिबार १०:३१
ब्रेकिङ्ग न्युज-१

ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय

१३ मंसिर २०७७, शनिबार १०:३१
ब्रेकिङ्ग न्युज-१

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

१३ मंसिर २०७७, शनिबार १०:३१
ब्रेकिङ्ग न्युज-१

‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

१३ मंसिर २०७७, शनिबार १०:३१
ब्रेकिङ्ग न्युज-१

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हुने आदेश

१३ मंसिर २०७७, शनिबार १०:३१
Load More

Discussion about this post


भर्खरै

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

१३ मंसिर २०७७, शनिबार १०:३१
File Photo

दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !

१३ मंसिर २०७७, शनिबार १०:३१

ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय

१३ मंसिर २०७७, शनिबार १०:३१

प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?

१३ मंसिर २०७७, शनिबार १०:३१

‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

१३ मंसिर २०७७, शनिबार १०:३१

लोकप्रिय

  • File Photo

    महोत्तरी : पेस्तोलसहित युवक पक्राउ

    162 shares
    Share 65 Tweet 41
  • टिपरले किचेर हत्या गरिएका दिलिपको स्मृति दिवस आज मनाईदैं

    130 shares
    Share 52 Tweet 33
  • दिलिपको सम्झनामा प्रभात फेरी, पर्यावरण सहिद घोषणा गर्न माग

    97 shares
    Share 39 Tweet 24
  • रमतेल डाँडा वन प्रकरण : वन प्रमुख साहमाथि अनुसन्धान

    96 shares
    Share 38 Tweet 24
  • मिथिलामा नगर पत्रकार संजाल गठन

    94 shares
    Share 38 Tweet 24

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • जनकपुर–जयनगर रेल सञ्चालन हुँदै
  • दुई तिहाइ बहुमतसहितको ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन !
  • ओलीलाई स्पष्टीकरण, पौडेलको जिम्मेवारी खोसिने नेपाल–दाहाल समूहको निर्णय
  • प्रधानमन्त्री–न्यायाधीश भेट भएको हो ?
  • ‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल