पिकअप दुर्घटना : दुई जनाको मृत्यु, दुई घाइते

इलाम, मंसिर १६ गत्ते : इलामको फाकफोकथुम गाउँपालिकास्थित लुम्देमा सोमबार साँझ पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । राँके बजारबाट झापाको दमकतर्फ जाँदै गरेको पिकअप दुर्घटनामा मृत्यु हुनेमा माईनगरपालिका–९ का दिनेश लिम्बू भएको बताइएको छ । मृत्यु भएका अर्का एक जनाको सनाखत हुन बाँकी छ ।

इलामका प्रहरी प्रमुख नवीनराज राईका अनुसार दुर्घटनामा परी सचिन राई र विकास तामाङ घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि इलाम अस्पताल लगिएको छ । को २ च १५ नंको पिकअप तरकारी बोकेर झापातर्फ जाँदै गरेको थियो । रासस