Monday, March 8, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन आजदेखि सञ्चालनमा

mm by द पब्लिक टुडे
३ महिना अगाडि
19
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम, मंसिर २३ गते । जनकपुरधाम विमानस्थलको आधुनिक नयाँ टर्मिनल भवन आजदेखि सञ्चालनमा आएको छ । दुई वर्षमा निमार्ण कार्य सम्पन्न गर्नुपर्ने टर्मिनल भवन ८ वर्षपछि सञ्चालनमा आएको हो ।

The Public Today

मंगलबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई उद्घाटन गरेका छन् ।

२०६९ कार्तिक महिनामा १८ करोडको लागतमा निर्माण गर्न तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले टर्मिनल भवनको शिलान्यास गरेका थिए । सो भवन निमार्ण गर्न पप्पु एण्ड एनके कन्स्ट्रक्सन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबीच २०६९ असोज १५ मा सम्झौता भएको थियो । तर सम्झौता अनुसार तोकिएको समयमा काम पूरा हुन सकेको थिएन ।

प्राविधिक समस्या, रकम अभाव लगायतका कारण देखाउँदै टर्मिनल भवन निर्माण कार्य पटक–पटक लम्बिँदै आएको थियो । सम्झौता भएको ८ वर्षपछि अब नयाँ टर्मिनल भवन सञ्चालनमा आएको छ ।

नयाँ टर्मिनल भवन सञ्चालनमा आएसँगै यात्रुहरूले भोग्दै आएको समस्याहरु समाधान हुने जनकपुर विमानस्थलका वरिष्ठ अधिकृत विकासकुमार झाले जानकारी दिए। पुरानो टर्मिनल भवनमा ठाउँको अभावमा भिडभाड हुनेगरेको कारण यात्रुहरुले समस्या भोग्दै आइएको उनले बताए ।

नयाँ टर्मिनल भवनको प्रस्थान कक्षमा २ सय ५० यात्रु बस्न सक्ने व्यवस्था मिलाइएको झाको भनाइ छ ।जनकपुरधाममा ५ दशकदेखि नेपाल वायुसेवा निगम सेवा दिँदै आएको छ । १८ जना यात्रु बोक्ने जहाजका लागि २०२४ सालमा निर्माण गरिएको टर्मिनल भवनबाट सेवा दिईँदै आएको थियो ।

जनकपुरधाम विमानस्थलबाट अहिले दैनिक तीनवटा निजी विमान कम्पनीले सेवा दिँदै आएको छ ।

बुद्ध एयरले दैनिक तीन, यति एयरले दैनिक दुई र श्री एयरलाइन्सले दैनिक एक पटक जनकपुरधाम–काठमाडौँ उडान गर्दै आइरहेको वरिष्ठ अधिकृत झाले बताए । बुद्ध एयरले सोमबारदेखि नै नयाँ टर्मिनल भवनबाट सेवा दिँदै आए पनि मंगलबारबाट यति एयर लाइन्स र श्री एयरलाइन्सले नयाँ टर्मिनल भवनबाट सेवा दिन सुरु गरेको झाले बताए ।

अहिले जनकपुरबाट दैनिक पाँचवटा उडान काठमाडौँका लागि गर्दै आएको छ । नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि धावनमार्ग बिस्तार गर्ने लक्ष्य रहेको जनकपुरधाम विमानस्थलका प्रमुख किरण गौतमले जानकारी दिए । उनका अनुसार अहिले रहेको १३ सय मिटरको धावनमार्गलाई १५ सय मिटर पुर्‍याइने छ ।

आधुनिक टर्मिनल भवनमा १ सय ५० मोटरसाइकल, ८० वटा कार तथा जिप पार्क गर्न सक्ने क्षमताको पार्किङस्थल बनाइएको छ । टर्मिनल भवनमा अलग्गै स्तनपान कक्ष र धुम्रपान कक्ष समेत बनाइएको जनकपुरधाम विमानस्थलका प्रमुख गौतमले जानकारी दिए ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

ब्रेकिङ्ग न्युज-१

प्रदेश २ : नारी दिवसमा १५ सय छात्रालाई साइकल प्रदान

४७ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति

५० मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

१ घण्टा अगाडि
मुख्य

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

१० घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

१० घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

सभामुखले परामर्श नगरेकोमा प्रधानमन्त्रीको आपत्ति

१० घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

प्रदेश २ : नारी दिवसमा १५ सय छात्रालाई साइकल प्रदान

४७ मिनेट अगाडि

लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति

५० मिनेट अगाडि
File photo

अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने

१ घण्टा अगाडि

सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो

१० घण्टा अगाडि

आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

१० घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2108 shares
    Share 843 Tweet 527
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1338 shares
    Share 535 Tweet 335
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    174 shares
    Share 70 Tweet 44
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • गौशालाबाट विप्लव समूहका इन्चार्ज प्रहरी नियन्त्रणमा

    58 shares
    Share 23 Tweet 15

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • प्रदेश २ : नारी दिवसमा १५ सय छात्रालाई साइकल प्रदान
  • लैङ्गिक समानता युक्त समाज निर्माणका लागि अग्रसर रहौं : राष्ट्रपति
  • अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने
  • सार्वजनिक स्थानमा बुर्का लगाउने बाध्यता हट्यो
  • आज १११ औं अन्तर्राष्ट्रिय महिला दिवस

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल