वन कटानी गराउने दोषीलाई कारवाही गर्न मुख्यमन्त्रीको निर्देशन

  • राजकरण महतो

बर्दिबास, पुस १५ गते । रमतेल डाँडा वन प्रकरणमा दोषी देखिएका सबैलाई कारवाही हुने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनाएका छन् ।मंगलबार महोत्तरीको बर्दिबास आएका उनले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजन गरेको चौमासिक समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले त्यस्तो बताएका हुन् ।

‘वनको जिम्मबारी लिएर बसेकाहरु के गर्दै छन् ? किन माफियाहरु चलखेल गर्दै छ ?,’मुख्यमन्त्री राउतले भने,‘सरकारी तलब खाने अनि जंगल फँडानी गराएर बस्ने ? यस्तो कहीं हुन्छ । तुरुन्त यस्तालाई निलम्बन गरेर कारवाही अगाडी बढाउनुस् । सचिव ज्यू, यो मेरो निर्देशन हो । यसलाई अभियानको रुपमा सुरु गर्नुस् ।’ मुख्यमन्त्री राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सचिव डा. रामचन्द्र कडेंललाई वन फँडानी घटनको छानविन गर्न कडा निर्देशन दिए ।

‘मेरो कलममा तगत छ भने जंगल बेच्ने होइन् । हाम्रो कलमको तागतले जंगलको रक्षा गर्ने हो ,’वन कटानको आदेश दिएका वन कर्मचारीलाई लक्षित गर्दै भने,‘ भाविपुस्ताका लागि जंगल रक्षा गरेर हस्तान्तरण गर्नु पर्छ ।’

भूमीहिनको नाममा राजनितिक संरक्षणमा सार्वजनिक जग्गा कब्जा गरिएको उनले जनाए । प्रदेश २ का ८ वटै जिल्लामा सार्वजनिक सम्पत्ति अक्रिमण हुने क्रसमा जारी रहेको छ । ‘भोटको राजनिति, पैसाको खेल तथा विभिन्न किसिमको स्वाःर्थको खेलमा वनको जग्गा अतिक्रमण हुने गरेको छ,’मुख्यमन्त्री राउतले भने,‘ जंगलको जग्गा, सार्वजनिक जग्गालाई सार्वजनिकीकरण गरौं । राज्यले हामीलाई तबल दिएको छ, गाडी दिएको छ, सुरक्षा दिएको छ । माफियासंग मिलेर काम गर्ने होइन् ।’ हुकुम्बासीहरुको जमातले सुकुम्बासीको भेषमा सार्वजनिक जग्गा अक्रिमण गरिरहेका उनले औंल्याए ।

‘मेरो छोरा किन नहोस्, मेरो बाउ किन नहोस्, मेरो भाई किन नहोस् । वन अतिक्रमण गर्ने, गराउनेलाई निलम्बन गरेर कारवाही गर्नुस्,’ मुख्यमन्त्री लालबाबु राउतले वन सचिवलाई निर्देशन दिदैं भने,‘ जंलग फँडानी हुन्छ, र हामी मुखदर्शक भएर बस्ने ?’

‘हामी इमान्दार भएर अघि नबढेसम्म अबैध काम रोकिदैंन ।सर्वाजनिक सम्पत्ति संरक्षण गर्नु हाम्रो कर्तव्य, धर्म हो,’उनले वन मन्त्री र सचिवलाई कब्जा गरिएको सार्वजनिक जग्गा सरकारको नममा ल्याउन उनले निर्देशन दिए ।

‘मेरो छोरा किन नहोस्, मेरो बाउ किन नहोस्, मेरो भाई किन नहोस् । वन अतिक्रमण गराउनेलाई निलम्बन गरेर कारवाही गर्नुस्,’ मुख्यमन्त्री लालबाबु राउतले वन सचिवलाई निर्देशन दिदैं भने,‘ जंलग फँडानी हुन्छ, र हामी मुखदर्शक भएर बस्दैंनौं । ’ कसको कारणले बर्दिबासमा वन कटानी भएको हो ? वन सचिवलाई मुख्यमन्त्रीले प्रश्न गर्दै भने,‘ वन फँडानीमा को को दोष छ ? अनुगमन गरेर रिपोर्ट ल्याउनुस् । कारवाही गरेर अगाडी बढ्नु पर्छ ।’

वन कटानी स्थलमा वन मन्त्री
प्रदेश २ को वन मन्त्रीले रमतेल डाँडा वन फँडानीको बुधबार स्थलगत निरिक्षण गरेका छन् । ‘जंगल भनेको प्रत्येक नागरिकको हो ।सबै मिली वन संरक्षण गर्नु पर्छ,’वन मन्त्रीले स्थानीयसंग भने, ‘अबैध रुपमा वन कटान गर्नु अपराध हो । यो काम गर्ने अपराध हो । ’

को हो त्यसो भए अपराधी ? द पब्लिक टुडेको प्रश्नमा उनले भने,‘ धेरै पाप गरियो भने पाप धुरीबाट कराउँछ । वन कटान गर्न समर्थन, सहयोग, आदेश दिने सबै दोषी हो । सबै अपराधीलाई कानुनको दायिरामा ल्याउँछौं ।’ बुधबारदेखि वन मन्त्रालयले दोषीमाथि कारवाही अघि बढाउने उनले विश्वास दिलाए । ‘दोषीलाई हदैसम्मको कारवाही हुन्छ । तपाईं गाउँलेहरु यसमा ढुक्क हुस्,’उनले भने । जग्गाधनी किन पक्राउ परेन ? स्थानीयको प्रश्नमा मन्त्रीले भने,‘ उनहरुलाई हामी छिट्टै पक्राउ गर्न प्रहरीसंग समन्वय गर्छौं । ’

प्रदेश २ का वन मन्त्रीले गरेको वन कटानीकोे स्थलगत टोलीमा वन मन्त्रालयका सचिव डा. रामचन्द्र कडेंल, वन निर्देशनालयका निर्देशक जगरन्नाथ जयसवाल लगायत थिए ।

वन मन्त्रालयद्वारा छानविन टोली गठन
रमतेल डाँडाको वन फडानी प्रकरणको छानविन गर्न प्रदेश २ को वन मन्त्रालयले तीन सदस्य उच्चस्तरीय छानविन टोली गठन गरेको छ । वन मन्त्रालयका उप–सचिव नन्दलाल राय यादवको संयोजकत्वमा वन कटानी बारे जाँचबुझ गर्न समिति गठन गरिएको छ । समितिमा कानुन अधिकृत बालकृष्ण मिश्र र वन व्यवस्थान अधिकृत बेचन चौधरी रहेका छन् पौष ९ गते प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ जयसवालको टोलीले वन कटानी स्थलगत निरिक्षण गरेर वन मन्त्रालयमा पौष १२ प्रथिवेदन पेश गरेका थिए । वन मन्त्रालयले पौष १३ गते वन मन्त्रालयले छानविन टोली गठन गरेका थिए ।

महोत्तरीको बर्दिबास–१स्थित रमतेल डाँडा सामुदायिक वनको ३ विघा १८ कठ्ठा वन व्यक्तिले कटानी गरेका घटनका दोषी उपर कडा कारवाही गर्न स्थानीयहरुले माग गर्दै आएका छन् ।

सामुदायिक वनका अध्यक्ष पक्राउ
अबैध रुपमा वन कटानीको लागि भू–माफियालाई सहयोग गरेको आरोपमा रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष शेर बहादुर राउतलाई पक्राउ गरिएको छ । ।जग्गाधनी लिलामणी आचार्य र कृष्णप्रसाद गौतम फरार छन् ।

वन कटानी प्रकरणमा पौष १२ गते सव–डिभिजन वन कार्यालय बर्दिबासमा सहायक वन अधिकृत लक्ष्मण प्रसाद साह सहित ७ कर्मचारी निलम्बनमा परेका थिए ।
नापी कार्यालय बर्दिबासका अमिन राम दरश राउतको गरेको गलत नापीले खोलामा पर्ने व्यक्तिको नम्बरी जग्गा संरक्षित सामुदायिक वन क्षेत्रमा परेको ठहर गरेको थियो ।
आधारमा जग्गाधनी आचार्य र गौतमलाई वन कार्यालयले १ विघा विघा २ कठ्ठा ११ धुरमा पर्नेे १ सय वटा कुकाठको रुख कटान गर्न आदेश दिएको थियो ।तर, उनीहरुले ३ विघा १८ कठ्ठा क्षेत्रफलमा पर्ने ४ सय ६ वटा रुख कटान गरेर वनको जग्गा कब्जा गर्न खोजेको देखिन्छ ।

चार ६ वटा रुख कटान
वन अतिक्रमण घटनाको प्रारम्भिक जाँचबुझमा खटिएका साहयक वन अधिकृत बेचन ठाकुरको टोलीले पाँच दिन लगाएर तयार पारेको एक रिर्पोट अनुसार कटना गरिएको रुखको ४ सय ६ टुटाको नापी गर्दा वन क्षेत्रमा ३ हजार ३ सय ६५ क्वीफिट काट कटान गरि वन क्षेत्रमा हानीनोक्सानी पु¥याइएको छ ।बुधबार बिहान ११ बजे मुचुलका गरि सरोकारवलाहरुको रोहोबरमा कटान गरिएको क्षेत्रबाट वन कार्यालय महोत्तरीले रुखका गोलीयो घाँटगद्दी गर्न लागेको गढन्ता सव–डिभिजन वन कार्यालय बर्दिबासका साहयक वन अधिकृत भिमबिक्रम खड्काले जनाए ।

लालपूर्जा देखाएर वन अतिक्रमण
जग्गाधनीले २५ नम्बर बहादुरगंज ३(क) कित्ता नं.२ को १ विघा २ कठ्ठा ११ धुरको लालपुजा डिभिजन वन कार्यालयमा पेश गर्दै त्यहाँ भएको ३ सय ८५ जना रुख कटान गर्न २३ असोज २०७७ मा वनसंग आदेश मागेका थिए ।त्यसपछि वन, नापी, मालपोत कार्यालयको गएको स्थलत टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रुखको अवस्था बारे मुचुलका गरेका थिए । नापी कार्यालय बर्दिबासका सर्भेक्षक तथा अमिन राम दरश राउतले जग्गाधनीको जग्गा वन क्षेत्रमा ठहराएका थिए । २८ कात्र्तिक २०७७ मा सहायक वन अधिकृत लक्ष्मण यादवको नेतृत्वको जग्गाको स्थलगत जाँचबुझ्न टोली गएका थिए ।यादवको टोली निलम्बनमा परिसकेका छन् ।