राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

काठमाडौं, पुस १७ गते: नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट १४ खेलाडी बाहिर निकालेको हो ।नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ५८ खेलाडीबाट घटाएर ४४ खेलाडीलाई अन्तिम छनोटमा निकालेका हुन् ।

बन्द प्रशिक्षणबाट बाहिरिनेमा विमलसहित देव लिम्बू, रन्दीप पौडेल, अमित तामाङ, जया गुरुङ, नीतिन थापा, रजत तिवारी, दीपेश आले मगर, राजेश परियार, प्रिजन तामाङ, रेजिन सुब्बा, रहिब लोप्चन र विमल राना छन् ।फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत बाँकी खेलका लागि एन्फाले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको थियो । बाह्रखरी