Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

‘विकासलाई अड्काउनु हुँदैन’:प्रधानमन्त्री

mm by द पब्लिक टुडे डेस्क
२ महिना अगाडि
File photo

File photo

12
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

गोपालचन्द्र सुवेदी

The Public Today

काठमाडौँ,माघ ३ गते : राष्ट्रिय विकास समस्या समाधान समितिले कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण अवरुद्ध विकास निर्माण प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको ४८औँ बैठकले कोरोना महामारीका कारण विकास निर्माण र पुँजीगत खर्च सन्तोषजनक हुन नसकेकाले त्यसलाई अब तीव्रता दिने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण यस्तो बैठक यसपटक ढिला गरी बसेको थियो । बैठकमा गत आर्थिक वर्षका समग्र समीक्षा तथा चालू आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा स्वीकृत गरिएको थियो । मुख्यमन्त्री, योजना आयोगका सदस्य, विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित बैठकले अबका दिनमा कोरोना महामारीलगायत कार्यविधिका समस्याका आधारमा आयोजना निर्माण नरोक्ने र समस्यालाई तत्काल सम्बोधन गरेर अगाडि बढ्ने निर्णयसमेत गरेको छ ।

बैठकमा प्रधामन्त्री ओलीले विकास निर्माणमा अब कुनै पनि बहानाले ढिलासुस्ती गर्न नहुने निर्देशन दिनुभएको थियो । “समृद्ध नेपाल सुखी नेपालीको हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अब ढिलासुस्ती नगरौँ, कोरोना महामारी छ, कार्यविधिको समस्या छ भन्नेजस्ता कुरामा विकासलाई अड्काउनु हुँदैन”, उहाँले थप्नुभयो, “अब सबै विकासका गतिविधि तथा योजना पूर्णरूपमा निर्वाध तरिकाले सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय सरकार सक्रिय हुनुपर्छ ।” उहाँले सरकारले बनाएका योजना, निर्माण तथा पारदर्शिताका मापदण्डलाई पूर्ण पालना गर्न पनि निर्देशन गर्नुभएको थियो ।

राष्ट्रिय योजना आयोगका प्रवक्ता मीनबहादुर शाहीका अनुसार बैठकले विकासमा प्रदेश र स्थानीय तहले गरेका प्रगतिलाई राष्ट्रिय प्रतिवेदनमा समावेश गर्ने निर्णय गरेको छ । “विकासमा स्थानीय र प्रदेश सरकारको योगदान महìवपूर्ण हुने भएकाले अब राष्ट्रिय प्रतिवेदनमा त्यसलाई पनि समावेश गरिने भएको हो”, उहाँले भन्नुभयो । बैठकले १५औँ योजनाका राष्ट्रिय परिमाणात्मक लक्ष्य तथा सूचकका आधारमा एकीकृत र प्रष्ट रूपमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रदेश मुख्यमन्त्री, विभिन्न मन्त्रालयका अधिकारीले संविधानको साझा अधिकार सूचीमा उल्लेखित प्रावधानको स्पस्ट व्यख्या नहुँदा व्यावहारिक समस्या आएको विषय उठाएका थिए । त्यस्तै विकास आयोजना सञ्चालनमा तीव्रता ल्याउन सार्वजनिक खरिद ऐनका प्रावधान बाधक बनेको विषय पनि बैठकमा छलफल भएको थियो । बैठकमा सहभागी योजना आयोगका सदस्य रामकुमार फुयालका अनुसार अत्यावश्यक र तत्काल गर्नुपर्ने विकासलाई भविष्यमा न्यायिक तथा अन्य समस्या नआउने गरी समाधान खोज्ने पनि निर्णय भएको छ ।

“सार्वजनिक खरिद ऐनका प्रावधानले कतिपय विकास आयोजना अपेक्षित रूपमा बढ्न नसकेको पनि गुनासो बैठकमा आएको थियो”, उहाँले थप्नुभयो, “यसमा अब वैकल्पिक व्यवस्था हुनुपर्छ, विकास रोकिनुहुन्न भन्ने कुरा बैठकमा भएको छ ।”बैठकमा विकासको महìवपूर्ण अङ्गका रूपमा स्थानीय सरकार रहेकोे र ती निकायको पनि यथोचित सहभागिता सिर्जना गर्ने सहमति पनि भएको छ ।

आम जनतालाई आत्मनिर्भर बनाउने गरी सरकार मातहतका विभिन्न निकायले सीपमूलक तथा व्यावसायिक तालिम सञ्चालन गर्ने तथा प्रमाणीकरण गर्नेगर्छन् । तर ती गतिविधिलाई एकीकृत रूपमा सञ्चालन गर्नेगरी केन्द्रीय संयन्त्र बनाउने निर्णय भएको फुयालले जानकारी दिन्ुभयो ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-३

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

३८ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-३

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

२ घण्टा अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

२ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

३८ मिनेट अगाडि

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१ घण्टा अगाडि

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

२ घण्टा अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

२ घण्टा अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2187 shares
    Share 875 Tweet 547
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1475 shares
    Share 590 Tweet 369
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    82 shares
    Share 33 Tweet 21
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    72 shares
    Share 29 Tweet 18

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा
  • एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने
  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल