Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

दाहाल–नेपाल नेकपाद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही

mm by द पब्लिक टुडे डेस्क
२ महिना अगाडि
File photo

File photo

11
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

उदयपुर,माघ ४ गते : पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभक्त हुँदै गएको सत्तारूढ दल नेकपामा देशव्यापी विभाजन आएसँगै दाहाल–नेपाल र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र नभएर कारबाही र मनोनित गरी जिम्मेवारी तोक्ने क्रम जारी छ।

The Public Today

उदयपुरमा पनि सुरुवातदेखि दुवै समूह कार्यकर्ता तानातानदेखि नयाँ मनोनित र कारबाहीसम्म गर्ने काममा लागेका छन्। अल्पमतमा रहेको ओली समूहले यसअघि नै नयाँलाई अध्यक्ष र सचिव तोक्दै जिल्ला कमिटी विस्तार गरिसकेको छ भने दुईतिहाइ बहुमत रहेको दाहाल–माधव समूहले शुक्रबार जिल्ला कमिटी बैठक राखेर नयाँ जिम्मेबारी तोक्नुका साथै केहीलाई कारबाही गर्ने निर्णय गरेको छ।

सोअनुसार पार्टीले जिल्लाका ८ वटै स्थानीय तह ९पालिका० इन्चार्ज र सहइन्चार्ज तोकेको छ भने जनवर्गीय संगठनहरूको जिम्मेबारी पनि हेरफेर गरेको छ। विभाजनअघि रहेका १ सय ६१ सदस्यमध्ये १ सय ५ जनाको उपस्थितिमा बसेका जिल्ला कमिटी बैठकले ओलीपक्षमा खुलेकालाई कारबाही गर्ने निर्णय गरेको सचिव ईश्वरमणि राउतले बताए।

राउतका अनुसार बैठकले बेलका नगर इन्चार्जमा धनपति आचार्य र सहइन्चार्जमा राकेश किरातीलाई तोकेको छ भने चौदण्डीगढी नगर इन्चार्ज र सहइन्चर्जको जिम्मेबारी क्रमशः कुमार खड्का र चुना थापामगरले पाएका छन्। त्यसैगरी त्रियुगा नगर इन्चार्ज यदु ढकाल र सहइन्चार्जको जिम्मेबारी दिलबहादुर तामाङलाई दिएको बैठकले कटारी नगर इन्चार्जमा मणिसुन्दर श्रेष्ठ र सहइन्चार्ज किसुनलाल दनुवारलाई तोकेको छ।

गाउँपालिकातर्फ रौतामाई इन्चार्ज र सहइन्चार्जमा क्रमशः कैशाल बस्नेत र दिपेन्द्र दाहालले जिम्मेबारी पाएका छन् भने उदयपुरगढी इन्चार्ज देव गिरी र सहइन्चार्ज कर्णमाया मगरलाई तोकिएको छ। लिमचुङबुङ इन्चार्ज कृष्ण निरौला र सहइन्चार्ज डिकबहादुर राउतलाई तोकेको बैठकले ताप्ली गाउँ इन्चार्जको जिम्मेबारी उद्धवसिंह थापालाई दिएको छ। ताप्लीमा सहइन्चार्ज भने पछि तोक्ने निर्णय भएको सचिव राउतले बताए।

बैठकले बैठकले ओलीपक्षमा खुलेका ३ पालिका अध्यक्ष र एक सचिवलाई कारबाही गरेको छ। चौदण्डीगढी नगर कमिटी अध्यक्ष राजेन्द्र कटुवाल, उदयपुरगढी गाउँ अध्यक्ष गोपाल खत्री र लिमचुङबुङ अध्यक्ष भलराज राई तथा बेलका नगर कमिटी सचिव गणेश बस्नेतलाई जिम्मेबारीबाट हटाउदै उनीहरूको ठाउँमा नयाँलाई जिम्मेबारी तोकेको छ। चौदण्डीगढी अध्यक्षमा विसन विष्ट, उदयपुरगढीमा केशव कार्की र लिमचुङबुङमा विनोद राईलाई अध्यक्षको जिम्मेबारी तोकेको छ भने बेलका नगर सचिव पछि तोक्ने निर्णय भएको राउतले बताए। त्रियुगा नगर कमिटी अध्यक्षमा केशव घिमिरेलाई जिम्मेवारी दिने निर्णय भएको बैठकमा यसअघिका त्रियुगा अध्यक्ष प्रकाश बस्नेतलाई कारबाही गर्ने विषयमा भने बोलेको छैन।

बैठकले जिल्लाका दुईवटै संघीय निर्वाचन क्षेत्रमा संयोजक र सचिव तोक्ने निर्णय पनि गरेको छ। १ को संयोजक टेकबहादुर राउत र सचिव विमल किरातीलाई तोकेको बैठकले २ नं। मा संयोजक र सचिवमा क्रमशः एबिराज राई र हृदय तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

त्यसैगरी पार्टीले जनवर्गीय संगठनतर्फ प्रेस संगठन इन्चार्ज तुलसीप्रसाद कोइराला र सहइन्चार्ज सुखीलाल चौधरी, विद्यार्थी परिचालनतर्फ हेम खड्का, प्रतिक्षा ढुंगाना, विमल कार्की र सरोज अधिकारीलाई तोकेको छ। युवा परिचालनको जिम्मेवारी किशोर ताम्राकार, मोहन घिमिरे, दीपक दंगाल र सुपेन्द्र राईलाई तोकेको बैठकले खेलकुदमा नारायण अधिकारी, मजदुरमा चुडामणि पोखरेल र पदम दाहाल तथा लोकतान्त्रिक थारु संघको जिम्मेबारी सुनिता चौधरी, जयराम पंजियार, पशुपति चौधरी, देवनारायण चौधरी, सोमन चौधरी, शिवकान्त चौधरी र भवानी चौधरीलाई सुम्पने निर्णय गरेको छ।

बैठकमा पार्टी केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरी, प्रदेश सदस्यहरू संविधानसभा सदस्यत्रय मोहन खत्री, मणि खम्बु र भेषकुमारी राउत, भिम अधिकारी, राजकुमार राई, अमर रायमाझी, काजीमान तामाङलगायतको उपस्थिति थियो। विभाजनपछि नेकपालाई सशक्त पार्दै सुद्धिकरण अभियानसहितको संगठन विस्तारमा पार्टी जुटेको जिल्ला कमिटी अध्यक्ष विनोद कटुवालले बताएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा महेश्वर चामलिङ राईले लेखेका छन् ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

१४ मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

२६ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि
मुख्य

जनताका पहुँचमा इन्टरनेट सेवा

२ घण्टा अगाडि
मुख्य

महिनावारी रोक्ने औषधिका गम्भीर असरहरु

४ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

१४ मिनेट अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

२६ मिनेट अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि

जनताका पहुँचमा इन्टरनेट सेवा

२ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2178 shares
    Share 871 Tweet 545
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1467 shares
    Share 587 Tweet 367
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    69 shares
    Share 28 Tweet 17

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी
  • अभिनेता कपूरलाई कोरोना पुष्टि
  • जनताका पहुँचमा इन्टरनेट सेवा

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल