Saturday, February 27, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

राष्ट्रपतिजस्तो सम्मानित संस्थाप्रति हमला गर्नु लोकतान्त्रिक आचरण होइनः प्रधानमन्त्री

mm by द पब्लिक टुडे डेस्क
१ महिना अगाडि
14
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, माघ ४ गते : नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको सम्मानित संस्था राष्ट्रपति माथि नै चरणबद्ध हमला गर्नु लोकतान्त्रिक पद्धति नभएको बताउनुभएको छ । अखिल नेपाल महिला संघ अनेमसंघ को केन्द्रीय कमिटी बैठकलाई आइतबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । लोकतन्त्र र गणतन्त्रको विरुद्ध प्रचण्ड–माधव पक्षले शृङ्खलाबद्ध हमला गरिरहेकाले उहाँहरु लोकतान्त्रिक अभ्यास बाहिर रहेको टिप्पणी गर्नुभयो । संसद विघटन भइसकेपछि प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न जानु लोकतान्त्रिक आचरण नभएको पनि प्रधानमन्त्री ओलीले चर्चा गर्नुभयो ।

The Public Today

“आफ्नै दलको अध्यक्ष र प्रधानमन्त्रीविरुद्ध हस्ताक्षर अभियान चलाउनेहरु कसरी लोकतान्त्रिक हुन सक्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो, “पार्टीको आन्तरिक समस्या समाधान गर्न कम्तिमा पाँचसय पटक अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेको हुँला ।” लोकतन्त्र, गणतन्त्र र संघीयताकाविरुद्ध, जनताले प्राप्त गरेको उपलब्धी विरुद्ध प्रहार भइरहेको छ, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सम्मानित संस्था राष्ट्रपतिमाथि हमला भइरहेको छ, प्रधानमन्त्रीको हैसियतले गरिएका कामकाज संविधानसम्मत, लोकतन्त्र र गणतन्त्रसम्मत छन् ।” राजतन्त्रलाई ‘प्रभु’ मनेर ढोग्न जानेहरु अहिले आफूलाई ठूलो गणतन्त्रवादी भनिरहेको उहाँले बताउनुभयो । “गणतन्त्रको सम्मानित संस्था राष्ट्रपति हो, किन हमला भइरहेको छ रु” उहाँले जिज्ञासा गर्नुभयो ।

स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित हमला गर्ने काम भइरहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “निर्वाचन घोषणा भएको छ, निर्वाचनमा भाग लिनुपर्ने ठाउँमा निर्वाचन आयोगमा गएर निर्वाचन ‘रोकौं’ भन्नु के लोकतान्त्रिक अभ्यास हो रु” प्रधानमन्त्री ओलीले प्रश्न गर्नुभयो । पार्टी आन्दोलनमा महान शुद्धीकरणको आवश्यकता रहेको बताउनुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो पार्टी अनुशासनहिन, षडयन्त्रै षडयन्त्रको पोकोजस्तो भयो, एक कदम अगाडि जान खोज्दा अवरोध गर्ने काम भयो ।”

पार्टीको प्रतिष्ठा बढाउनेतिर भन्दा पार्टीको एकता भड्काउनेतर्फ नेताहरु लाागेको उहाँले बताउनुभयो । जनता र देशलाई रुनुपर्ने अवस्थामा पु¥याउन आफू नेतृत्वमा नआएको बताउनुहुँदै प्रधानमन्त्री ओलीले प्रमुख उद्देश्य नै समृद्ध नेपाल र सुखी नेपाली भएको दोहो¥याउनुभयो ।

“मैले देश बर्बाद गर्ने काम गरेको छैन, मलाई अकुत सम्पत्ति कमाउनु छैन, दुनियाँका अगाडि आँखा जुधाएर वहस गर्ने हैसियतमा छुँ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “विधि र पद्धतिअनुसार काम गरेका छौं, कसैले भ्रममा पार्न खोज्छ भने भ्रममा पर्न नदिउँ ।” “मुलुकको समृद्धिको सपना बाँडेर जनयुद्धमा प्रचण्डले जनतालाई मारे, तर समृद्धि दिएनन्, आफू बने र कमाए तर जनयुद्ध लड्नेको पीडा उस्ता उस्तै छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

सरकार सही बाटोमा रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “सानातिना कुरामा अल्झिने मेरो बानी छैन, देश र जनताको पक्षमा निरन्तर काम गर्छु ।” सरकारले जे काम गरे पनि ‘सेटिङ’ गरेको देख्नेहरुले भोलि पनि भन्नेछन्, “नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता ल्याउँदा पनि उहाँहरुले भन्नुहुनेछ यो पनि सेटिङ मिलाएर ल्यायो ।”

“पार्टीभित्रको किचलोका कारण सरकारले चाहेको जस्तो काम गर्न पाएन ।” महिलाको सहभागिता र नेतृत्वदायी प्रतिनिधित्वको सवालमा भएको उपलब्धीमा नेकपाको अग्रणी भूमिका रहेको बताउनुभएको छ । महिलाहरु राजनीतिमा सक्रिय हुनु आवश्यक रहेको भन्नुहुँदै विवाह गरेपछि निस्क्रिय हुन नहुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।

राजनीतिमा काम गर्न सहज नभए पनि नेपाली राजनीतिमा महिलाहरुको सक्रियता अनिवार्य रहेको बताउनुभयो । समाजमा महिलाको प्रगति देख्न नचाहने केही दुष्टहरु रहेको भए पनि त्यसबाट आत्तिन नहुने उहाँले विश्वास दिलाउनुभयो । नेपालमा अहिले ४१ प्रतिशत महिलाहरु निर्वाचित जनप्रतिनिधि रहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले दुनियाँका विकसित देशमा पनि त्यो प्रतिनिधित्व नरहेको चर्चा गर्नुभयो । आगामी दिनमा त्यो प्रतिशतलाई अझ बढाएर लग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । महिलाको सम्मान गर्न नसक्नेहरु कहिल्यै लोकतान्त्रिक र सभ्य हुन नसक्ने प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा लक्की चौधरीले लेखेका छन् ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

File photo
ब्रेकिङ्ग न्युज-२

न्यायाधीश धम्क्याउँदै : उपप्रधानमन्त्री पोखरेल

५१ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल समूहको तयारी

१ घण्टा अगाडि
मुख्य

मानव सेवा आश्रमलाई चार करोड बराबरको जग्गा प्रदान

११ घण्टा अगाडि
मुख्य

नाइजेरियामा ३ सयभन्दा बढी स्कुले छात्रा अपहरण

११ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

संसद् बैठक फागुन २३ गते बोलाउने सरकारको निर्णय

१२ घण्टा अगाडि
File photo
ब्रेकिङ्ग न्युज-१

विकास देख्न नचाहनेले सरकारको विरोध गरे : मुख्यमन्त्री पौडेल

१२ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

File photo

न्यायाधीश धम्क्याउँदै : उपप्रधानमन्त्री पोखरेल

५१ मिनेट अगाडि

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल समूहको तयारी

१ घण्टा अगाडि

मानव सेवा आश्रमलाई चार करोड बराबरको जग्गा प्रदान

११ घण्टा अगाडि

नाइजेरियामा ३ सयभन्दा बढी स्कुले छात्रा अपहरण

११ घण्टा अगाडि

संसद् बैठक फागुन २३ गते बोलाउने सरकारको निर्णय

१२ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : जग्गा मुद्दामा साक्षी बसेका दम्पति नै बेपत्ता, सुतेको ठाउँमा रगत !

    496 shares
    Share 198 Tweet 124
  • महोत्तरी : विद्यालय परिसर मै पूर्वप्रधानाध्यापकमाथि आक्रमण

    104 shares
    Share 42 Tweet 26
  • ढल्केवर कृषि बजारमा माछापुच्छ्रेको ‘क्यूआर कोड’ सेवा सुरू

    64 shares
    Share 26 Tweet 16
  • मृत्युदण्ड दिन लागिएपछि महन्तको चेतावनी : रोक्नुस्, अनिष्ट हुन्छ

    64 shares
    Share 26 Tweet 16
  • दोषीलाई कारवाहीको माग गर्दै विद्यार्थीहरुको प्रदर्शन

    51 shares
    Share 20 Tweet 13

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • न्यायाधीश धम्क्याउँदै : उपप्रधानमन्त्री पोखरेल
  • ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने दाहाल–नेपाल समूहको तयारी
  • मानव सेवा आश्रमलाई चार करोड बराबरको जग्गा प्रदान
  • नाइजेरियामा ३ सयभन्दा बढी स्कुले छात्रा अपहरण
  • संसद् बैठक फागुन २३ गते बोलाउने सरकारको निर्णय

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल