Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

सीमामा निरन्तर किचलो, ढलेका स्तम्भ उस्तै

mm by द पब्लिक टुडे डेस्क
२ महिना अगाडि
13
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

महेन्द्रनगर,माघ ४ गते : कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ नंं ८१३ बाढीले ढलेको आधा दशक भयो।

The Public Today

नेपाल–भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत छ वर्षदेखि महाकालीको बगरमा अलपत्र अवस्थामा रहँदा त्यसको पुनःनिर्माणमा सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयवासीको गुनासो छ।

हरेक साता सुरक्षाकर्मीले निगरानीमा राख्ने गरेको भए पनि त्यसको पुनःनिर्माणमा राज्यले ध्यान नदिँदा सीमा विवाद कायम रहेको स्थानीयवासी हंसबहादुर पालले बताए। उनका अनुसार बाढीले बगाएको सीमास्तम्भ करिब सय मिटर वर नेपालतर्फ पुगेको छ।

‘सीमास्तम्भ बालुवाले पुरिने अवस्थामा आइपुग्दा पनि वास्ता भएन’, उनले भने, ‘सीमा पिल्लर ढलेका कारण भारतीय पक्षले किचलो गरिरहन्छन्।’उनले स्थानीय प्रशासनको पहलमा भारतीयसँग समन्वय गरेर सीमा जस्तो संवेदनशील विषयको संरक्षण समयमै गर्नुपर्ने बताए।

‘महाकाली नदी किनारसम्म नेपालीको बसोबास हुँदा हामीलाई सीमा ढलेको चिन्ता छ’, स्थानीयवासी पदमसिंह कार्कीले भने, ‘छिमेकी मुलुकको हेपाहा प्रवृतिले त्रसित र सचेत पनि छौँ।’ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनारहुँदै भीमदत्त–११ भुजेलासम्म पाँच मुख्य सीमास्तम्भ नै छैनन्।

त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकालीमा मुख्य सीमा स्तम्भ नं ८११ लामो समयदेखि हराइरहेको छ। स्थानीयवासी र सशस्त्र प्रहरी बलको भनाइअनुसार उक्त सीमास्तम्भ महाकाली नदीको तटबन्ध भन्दा पर (टनकपुर क्षेत्र) मा पर्छ। भारतीय पक्षले भने महाकाली नदीको तटबन्ध भन्दा करिब ६० मिटर वर (नेपालतर्फ) दाबी गर्दा यहाँ धेरै पटक विवाद भएको छ।

सोही क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने क्रममा विवाद भएको थियो। सशस्त्र प्रहरीका अनुसार यहाँको मुख्य सीमास्तम्भ ८१० (२) काठको बनाइएको छ भने भुजेलामा केही वर्षअघि मुख्य सीमास्तम्भ ८०५ महाकाली नदीमा आएको बाढीले बगाएको थियो।

त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रका केही स्थानमा सीमा विवाद भई रहन्छ।

यस्तै बेलौरी–१० सडकघाटमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई हिँडडुल गर्न रोक लगाएको थियो। शनिबार दुई पक्षबीचको सहमतिमा हिँडडुल गर्न दिए पनि विवाद भने बेलाबेलामा आइरहने गरेको छ। सीमास्तम्भ नं ३५ आसपासको क्षेत्रमा एसएसबीले आवागमन गर्न नदिएपछि नेपाली र भारतीय दुवै तर्फका किसानले लगाएको उखु, तोरीसहितका अन्नबाली खेतमै सुक्न थालेपछि विवाद बढेको थियो।

दुवै देशका नागरिकले विगत चार दशकदेखि प्रयोग गर्दै आएको सडकमा एकाएक भारतीय एसएसबीले अवरोध गरेपछि किसानले लगाएको उखु, तोरीलगायतका अन्नबाली खेतमै सुक्ने अवस्था आएको वडाध्यक्ष हरिलाल चौधरीले बताए।स्ट्रिप नक्शामा भने नेपाली भूमि झण्डै १५० मिटर दक्षिण भारततिर पर्ने बताइएको छ। स्थानीय तहका जनप्रतिनिधि र भारतीय सुरक्षाकर्मीबीच समन्वय हुँदा अन्नबाली भित्र्याउन दिइएको वडाध्यक्ष चौधरीले जानकारी दिए।

‘एसएसबीले नेपालीको खेती दश दिनसम्म भित्र्याउन दिएन’, उनले भने, ‘पछि भारतीयलाई बोलाएर छलफल गरी तत्कालको समाधान खोज्यौं।’त्यसैगरी बेलौरी–८ मा निर्माणाधीन हुलाकी सडकखण्डको एक हजार २०० मिटर सडक भारतीय पक्षले सीमामा पर्ने भन्दै निर्माणमा अवरोध गर्दै आएको छ। उक्त क्षेत्रमा पर्ने सीमास्तम्भ नं ३८ मा विगत दुई वर्षदेखि भारतीय अवरोधका कारण कालोपत्र रोकिएको वडाध्यक्ष नन्दकुमार रानाले बताए।

‘निर्माण कम्पनीले सडक कालोपत्र गर्न आवश्यक सामग्री छाडेर गएको छ’, वडाध्यक्ष रानाले भने, ‘निर्माण गर्न खोज्दा भारतले पटकपटक अवरोध गरेको छ।’उनले उक्त क्षेत्रमा पर्ने सीमास्तम्भ ३८ देखि ४२ नम्बरसम्म भारतीय पक्षले लामो समयदेखि सीमा विवाद गर्दै आएको बताए।

‘सीमा पिल्लरबाट करिब १५ मिटर वर नेपालतर्फसम्म भारतले उल्टै आफ्नो दाबी गर्छ’, उनले भने। रासस

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-३

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

१५ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-३

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

५५ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

१ घण्टा अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

२ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

१५ मिनेट अगाडि

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

५५ मिनेट अगाडि

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

१ घण्टा अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

२ घण्टा अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2185 shares
    Share 874 Tweet 546
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1473 shares
    Share 589 Tweet 368
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    82 shares
    Share 33 Tweet 21
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    72 shares
    Share 29 Tweet 18

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा
  • एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने
  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल