Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

रमतेल डाँडा वन प्रकरण : २२ जनाबिरुद्ध मुद्दा चलाउन अदालतमा फाइल पेश

mm by द पब्लिक टुडे
२ महिना अगाडि
347
SHARES
709
VIEWS
Share on FacebookShare on Twitter
  • राजकरण महतो

बर्दिबास, माघ ९ गते । डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीले आफ्नै कार्यालयका ७ कर्मचारीसहित २२ जनामाथि मुद्दा चलाउन अदालतमा अनुसन्धान फाइल पेश गरेको छ ।

The Public Today

रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानी प्रकरणमा वन कार्यालय जलेश्वरले जग्गाधनी, मालपोत, नापी कार्यालयका कर्मचारीसहित २२ जनाबिरुद्ध मुद्धा चलाउन बिहीबार जिल्ला अदालत महोत्तरीमा फाइल पेश गरेको हो ।

सब–डिभिजन वन कार्यालय बर्दिबासका सहायक वन अधिकृत लक्ष्मण प्रसाद यादवसहित सहरजमिन मुचुलकामा सहिछाप गर्ने जनप्रतिनिधि, स्थानीयबासिन्दा लगायत २२ जनामाथि कारवाही गर्न अनुसन्धान फाइल अदालतमा पेश गरिएको साहयक वन अधिकृत तथा घटनाका अनुसन्धान अधिकृत समेत रहेका रामसुन्दर साहले जनाए ।

फँडानी प्रकरणमा १ जना सहायक वन अधिकृत, १ जना फरेष्टर र ५ जना वन रक्षक, मालपोत कार्यालय बर्दिबासका निमित्त प्रमुख ओमप्रकाश खड्का, नापी कार्यालय बर्दिबासका अमिन राम दरश राउत, बर्दिबास १ नम्बर वडाका वडा सदस्य शान्ता श्रेष्ठ, रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतमाथि मुद्दा चलाउन अदालतमा अनुसन्धान फाइल बुझाइएको हो ।

जग्गाधनी बर्दिबास–१ का कृष्ण प्रसाद गौतम, लिलामणी आचार्यमाथि पनि अदालतमा मुद्दा दर्ता हुदैंछ । वन कटानी र फँडानी प्रकरणमा जग्गाधनीलाई वन कार्यालयले मुख्य अभियुत्त बनाइएको छ । रुख कटान गरिएको ठाउँमा जग्गाधनीको एक इन्चपनि जग्गा नपरेको वन कार्यालयले जनाएको छ । रुख कटान गर्ने काठ व्यपारी सिन्धुलीको सुनकोशी गाउँपालिका ४ का संदिप नेपाली पनि फन्दामा परेका छन् । उनीमाथि पनि मुद्दा दर्ता गरिदैं छ ।

वनको जग्गा व्यक्तिको हो भनी जहरजमिन मुचुलका कामको तामेली गर्ने सब–डिभिजन वन कार्यालय बर्दिबासका फरेष्ट सन्तोष कुमार साह, वन रक्षक राजकिशोर झा, अजय कुमार यादव, राकेश यादव, नारायण ढुङ्गेल र दिलीप महतोमाथि पनि मुद्दा चलाउन वन कार्यालयले अदालतसंग माग गरेको छ ।

वनको जग्गालाई व्यक्तिकै हो भनी सहिछाप गर्ने बर्दिबास नगरपालिका–१ वडाका वडा सदस्य शान्ता श्रेष्ठमाथि पनि मुद्दा दर्ता हुने भएको छ । जग्गाधनीले २५ नम्बर बहादुरगंज ३(क) कित्ता नं.२ को १ विघा २ कठ्ठा ११ धुरको लालपुजा डिभिजन वन कार्यालयमा पेश गर्दै त्यहाँ भएको ३ सय ८५ जना रुख कटान गर्न २३ असोज २०७७ मा वनसंग आदेश मागेका थिए ।त्यसपछि वन, नापी, मालपोत कार्यालयको गएको स्थलत टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रुखको अवस्था बारे मुचुलका गरेका थिए । नापी कार्यालय बर्दिबासका अमिन राउतले जग्गाधनीको जग्गा वन क्षेत्रमा ठहराएका थिए । २८ कात्र्तिक २०७७ मा सहायक वन अधिकृत लक्ष्मण यादवको नेतृत्वको जग्गाको स्थलगत जाँचबुझ्न टोली गएका थिए ।

अमिन राउतले सहरजमिन मुचुलकामा भनेका छन्,‘निवेदकको माग बमोजिम स्थलगत जाँच बुझ् गर्दा रुख जग्गाधनीको हो ।जग्गाधनीकै नम्बरी र त्यसमा लगाएको रुख हो ।’ जग्गाधनीले नम्बरी जग्गा भन्दै सामुदायिक वन क्षेत्रमा रहेको रुख कटान गरेर चारकिल्ला घेरेपछि स्थानीयले थाहा पाएका थिए ।

सामुदायिक वन क्षेत्रमा पर्ने तीन बिघा १७ कठ्ठा १० धुर क्षेत्रफलको ४ सय ६ रुख कटान गरिएको छ । जग्गधनी कृष्ण र लिलामणीले १ बिघा २ कट्टा ११ धुरको लालपुर्जा देखाएका थिए ।उनीहरुको जग्गा भब्सी खोलाले कटान गरेको क्षेत्रमा पर्छ ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

ब्रेकिङ्ग न्युज-३

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

१९ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-३

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

५८ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

१ घण्टा अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

२ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

१९ मिनेट अगाडि

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

५८ मिनेट अगाडि

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

१ घण्टा अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

२ घण्टा अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2187 shares
    Share 875 Tweet 547
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1473 shares
    Share 589 Tweet 368
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    82 shares
    Share 33 Tweet 21
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    72 shares
    Share 29 Tweet 18

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा
  • एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने
  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल