Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

बेलाको बोली !

mm by द पब्लिक टुडे
२ महिना अगाडि
19
SHARES
38
VIEWS
Share on FacebookShare on Twitter

बिहिवार राजनीतिक, समसामायिक विषयमा कसले के बाेल्यो ? हेर्नुस् द पब्लिक टुडेले तयार पारेको बेलाको बोलीः–

The Public Today

‘अदालत प्रभावित नहोस्‘ – गगन थापा

–‘अदालत यतिबेला परीक्षामा छ, यसप्रतिको आस्था र विश्वास रहोस् । बन्द कोठाभित्रको खासखुस र बाहिरको हल्लाले अदालत प्रभावित नहोस् ।’ प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले बुटवलमा गरेको सभामा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले भने, ‘अमेरिकामा डोनाल्ड ट्रम्पले नियुक्त गरेका न्यायाधीशहरुले उनले भने अनुसार फैसला नगरेर आफ्नो धर्म छाडेनन् । यहाँ पनि धर्म नछाडियोस्, संविधानमा टेकेर विवेक पु¥याएर न्याय गरियोस् ।’

‘दिवास्वप्न पूरा हुन दिन्नौं‘ – जनार्दन शर्मा

–‘एउटा गोप्य सूचना आएको, अस्ति भर्खरै बालुवाटारमा आगामी निर्वाचनबाट समानुपातिक समावेशी र संघीयता खारेज गर्ने छलफल भएछ,’ बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–माधव समूहका नेता जनार्दन शर्माले भने, ‘समानुपातिक प्रतिनिधित्व खारेज गरेमात्रै आगामी चुनाव जित्छौं भनेर हिसाब किताब गर्नु ठूलो मुर्खता हो । यस्ता दिवास्वप्न हामी पूरा हुन दिने छैनौं ।’

‘नेकपा टिपर हो, निहुँ नखोज्नुस्‘ – महेश बस्नेत

–‘नेकपा टिपर हो । टिपरसँग कहिलेकाहीं कालो चश्मा लगाएको मोटरसाइकलले निहुँ खोज्छ अनि टिपरले वास्ता गरेन भने बाटोमै अचार बनाइदिन्छ’ सप्तरी सदरमुकाम राजविराजमा बिहीबार आयोजित पार्टी निकट युवा संघको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा ओली समूहका नेता महेश बस्नेतले भने, ‘नेकपा अहिलेको टिपर हो । निहुँ खोज्नेहरु मोटरसाइकल हो । निहुँ नखोज्नुस् ।’

‘दुवैको मिलीमतोमा संसद विघटन‘ – चित्रबहादुर केसी

–‘संयुक्त आन्दोलनमा नगई यो प्रतिगमन सच्चिनेवाला छैन । जननिर्वाचित संसदलाई कोठा भित्र बसेर विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक हो ।’ जनमोर्चा जिल्ला कार्यसमिति रुपन्देहीद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने, ‘जनताले चुनेर पठाएका जनप्रतिनिधिको अगाडि नबसीकन प्रधानमन्त्रीले विद्या भण्डारीसित सल्लाह गरेर दुई जनाको मिलीमतोमा संसद विघटन गर्नुभयो ।’

‘नयाँ सामाजिक सम्झौताको आवश्यकता छ‘ – चन्द्र किशोर

–संविधान कार्यान्वयनको राजनीतिले वैधानिकता र राजनीतिक शक्ति दुवै गुमाउँदै गएको अवस्थामा एउटा नयाँ सामाजिक सम्झौताको आवश्यकता छ, जसलाई मूर्तरूप दिने काम तेस्रो जनआन्दोलनले गर्न सक्छ । सामाजिक संजाल फेसबुकमा बरिष्ठ पत्रकार चन्द्र किशोरले लेखेका छन्, ‘यथास्थितिका राजनीतिक, सामाजिक र संवैधानिक संरचनाहरू अनि समस्त नेपालीको अमूर्त भावनाबीच ठूलो दूरी छ । त्यसकारण सत्ता र शक्तिको केन्द्र काठमाडौं सधैंभरि सुदूर लाग्छ । भनिन्छ, अमूर्त भावना र मूर्त संरचनाबीचको असमञ्जसले नै इतिहासलाई धकेलिरहेको हुन्छ ।’

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

ब्रेकिङ्ग न्युज-३

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

४३ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-३

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

२ घण्टा अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

२ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

४ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा

४३ मिनेट अगाडि

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१ घण्टा अगाडि

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

२ घण्टा अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

२ घण्टा अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2187 shares
    Share 875 Tweet 547
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1475 shares
    Share 590 Tweet 369
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    82 shares
    Share 33 Tweet 21
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    72 shares
    Share 29 Tweet 18

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • कोमल वलीले दिइन् रघुजी पन्तविरुद्ध मुद्दा
  • एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने
  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल