Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

रमतेल डाँडा वन प्रकरण : वनका अध्यक्ष धरौटीमा छुटे

mm by द पब्लिक टुडे
१ महिना अगाडि
60
SHARES
122
VIEWS
Share on FacebookShare on Twitter
  • राजकरण महतो

बर्दिबास, माघ १३ गते । रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण तथा वन फँडानी प्रकरणमा मुख्यअभियुक्त मानिएका सामुदायिक वनका अध्यक्ष शेर बहादुर राउत अदालतले धरौटीमा छोडेको छ ।

The Public Today

पौषको दोस्रो साता उनलाई पक्राउ गरेर प्रहरी हिरासतमा राखिएको थियो । वन कार्यालयले रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष राउतलाई आईतबार वन अदालतमा उपस्थित गराएको थियो ।

न्यायधिश दिपक खरेलको इजलासले राउतलाई २ लाख ५० हजार धरौटी बुझाउन नसके पूर्वपक्षका लागि जेल चलाउन गर्न आदेश गरेका थिए । अदालतमा घरौटी बुझाएर अध्यक्ष राउत तारिखमा रिहा भएका महोत्तरी जिल्ला अदालतका सेस्तेदार मदन प्रसाद जैसवालले जनाए ।

२१ जना विरुद्ध वारेन्ट जारी
२०४३ सालमा वन कार्यालयले रोपेको विरुवा र वन लगाएको जग्गालाई वनका अध्यक्ष राउतले त्यो व्यक्तिको जग्गा हो भन्दै डिभिजन वन कार्यालयलाई कटान आदेश गर्न सिफारिस दिएका थिए । त्यसपछि वन कार्यालयले कटान आदेश दिएको थियो ।

वन कटानी र फँडानी प्रकरणमा मुच्छिएका अन्य २१ जना प्रतिवादी विरुद्ध वारेन्ट पूर्जी जारी गर्न अदालतबाट आदेश भएको छ ।डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीले गत शुक्रबार अदालतमा वन कर्मचारीसहित २२ जनाबिरुद्ध अदालतमा मुद्दा हालेको थियो ।

बर्दिबास–१स्थित रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानी प्रकरणमा उनीहरुलाई डिभिजन वन कार्यालय महोत्तरीले प्रतिवादी बनाउँदै दायर गरेको थियो ।

६ जना मुख्यअभियुक्त
रमतेल डाँडा वन प्रकरणमा ६ जनालाई मुख्यअभियुक्तको रुपमा पेश गरिएको छ भने १६ जनालाई घटनाको मतियार बनाइएको छ । घटनाका अनुसन्धान अधिकृत रामसुन्दर साहका अनुसार, वन कार्यालयका सहायक वन अधिकृत सहित ७ जना वनका कर्मचारी, मालपोत र नापीका १÷१ जना गरि ९ जना सरकारी कार्यालयका कर्मचारीलाई वन मुद्दा लागेको हो ।त्यसैगरि १ जना वडा सदस्य, सामुदायिक वनका अध्यक्ष, २ जना जग्गाधनी, १ जना काठ व्यपारी र सहरजमिन मुचुलुकामा सहिछाँप गर्ने अन्य ८ जना सहित २२ जनाविरुद्ध वनको जग्गा अतिक्रमण र फँडानी प्रकरणको मुद्दामा परेका छन् ।

४०६ वटा रुख कटान
टोलीले वनको जग्गालाई व्यक्तिको हो भनी मुचुलका गरेका थिए ।त्यसपछि ३ विघा १८ कठ्ठा वन क्षेत्रकोे ४ सय ६ रुख जग्गाभनीले भटाभट कटान गरेका थिए । सामुदायिक वनको सार्वजनिक जग्गा व्यक्तिको कब्जामा परेपछि स्थानीयले विरोध जनाएका थिए । त्यपछि वन फँडानी तथा जग्गा अतिक्रमणको रहस्य खुलेको थियो ।

वन मासेको आरोपमा बर्दिबास सब–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत प्रमुख लक्ष्मण प्रसाद यादव, नापी कार्यालय बर्दिबासका नापी सर्वेक्षक तथा अमिन राम दरश राउत, रमतेल डाँडा सामुदायिक वनका अध्यक्ष शेरबहादुर राउतलाई वन प्रकरणको मुद्दामा मुख्यअभियुक्त बनाइएको छ । त्यसैगरि जग्गाधनी बर्दिबास–१का लिलामणी आचार्य,कृष्ण प्रसाद गौतम र वनको रुख कटान गर्ने काठ व्यपारी सिन्धुलीको सुनकोशी गाउँपालिका–४ का संदिप नेपालीलाई पनि मुख्यअभियुक्तमै मुद्दा दायर गरिएको थियो ।

मुख्यअभियुक्तलाई दुई वटा मुद्दा
मुख्य अभियुक्तलाई वन फँडानी र अतिक्रमण गरि दुई वटा मुद्दा अदालतमा चलाइएको छ ।जग्गाधनी आचार्य र गौतमले २३ असोज २०७७ मा बर्दिबास–१ स्थित २५ नम्बर बहादुरगंज ३(क) कित्ता नं.२ को १ विघा २ कठ्ठा ११ धुरको लालपुर्जा डिभिजन वन कार्यालयमा पेश गर्दै त्यसमा रहेको ३ सय ८५ थान रुख कटान गर्न आदेश मागेका थिए ।
२८ कात्र्तिक २०७७ मा वन, नापी, मालपोत कार्यालयबाट खटिएको स्थलत टोलीले जग्गाधनीले देखाएको जग्गाको नापी, रुखको अवस्था बारे सामुदायिक वन तथा स्थानीयको उपस्थितमा व्यक्तिको हो भनी मुचुलका गरेका थिए ।तर, त्यो जग्गा व्यक्तिको नभएर सामुदायिक वनको ठहरिएपछि वन अतिक्रम तथा फँडानी भएको रहस्य बाहिर आएको थियो । वन कार्यालयले १ सय रुख कटानको आदेश दिएको थियो ।तर, उनीहरु तीन गुण बढी रुख कटान गरेका थिए ।

मतियारमा परे मालपोतका प्रमुख
फँडानी प्रकरणमा मालपोत कार्यालय बर्दिबासका निमित्त प्रमुख ओमप्रकाश खड्का, बर्दिबास– १ नम्बर वडाका वडा सदस्य शान्ता श्रेष्ठलाई मतियार ठहर गर्दै मुद्दा हालिएको छ । जहरजमिन मुचुलका कामको तामेली गर्ने सब–डिभिजन वन कार्यालय बर्दिबासका फरेष्ट सन्तोष कुमार साह, वन रक्षक राजकिशोर झा, अजय कुमार यादव, राकेश यादव, नारायण ढुङ्गेल र दिलीप महतोसतिह अन्य सहरजमिन मुचुलकामा सहिछाँप गर्नेमाथि वन कटानी तथा जग्गा अतिक्रम घटनाको मतियारमा मुद्दा चलाइएको छ ।उनीहरुमाथि वन कार्यालयले कारवाही गर्न अदालतसंग मग गरेको छ ।

Share this:

  • Twitter
  • Facebook
Tags: जनचासो
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

२२ मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

३४ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि
मुख्य

जनताका पहुँचमा इन्टरनेट सेवा

३ घण्टा अगाडि
मुख्य

महिनावारी रोक्ने औषधिका गम्भीर असरहरु

४ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

२२ मिनेट अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

३४ मिनेट अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि

जनताका पहुँचमा इन्टरनेट सेवा

३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2178 shares
    Share 871 Tweet 545
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1467 shares
    Share 587 Tweet 367
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    69 shares
    Share 28 Tweet 17

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी
  • अभिनेता कपूरलाई कोरोना पुष्टि
  • जनताका पहुँचमा इन्टरनेट सेवा

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल