द पब्लिक टुडे समाचारदाता
बर्दिवास, माघ २३ गते । महोत्तरीको बर्दिवासमा सामुदायिक परिवार कल्यान संघ बर्दिवास महोत्तरीद्वारा सञ्चालित परियोजनाको वार्षिक समिक्षा तथा अगामी कार्ययोजनासम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको छ ।
बर्दिवास नगरपालिकाको साँझेदारी र समन्वय तथा सेभ द चिल्ड्रेनको सहयोगमा सामुदायिक परिवार कल्यान संघ बर्दिवास महोत्तरीले आयोजना गरेको पहुँच परियोजनाको वार्षिक समिक्षा तथा अगामी कार्ययोजनासम्बन्धि अन्र्तक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा सन २०२० मा सम्पन्न कार्यक्रमहरुको समिक्षा गर्ने, सन २०२१ मा सञ्चालन गरिने कार्ययोजनालगायतको विषयमा छलफल भएको थियो ।
बर्दिवास नगरपालिकाका मेयर विदुरकुमार कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथी बर्दिवास नगरपालिकाका उपमेयर कृष्णमाया गौतम, नगरका सबै वडाका वडाध्यक्ष, नगरपालिकाका कर्मचारी, सामुदायिक परिवार कल्यान संघका प्रतिनीधी, सेभ द चिल्ड्रेनका प्रतिनीधीलगायको उपस्थिती रहेको थियो ।
Discussion about this post