Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

मिटरब्याजी अनुरुदको ठगी धन्दा : नक्कली तमसुकले सक्कली गरिब रुवाउँदै

mm by राजकरण महतो
४ हप्ता अगाडि
158
SHARES
323
VIEWS
Share on FacebookShare on Twitter
  • राजकरण महतो

सुरजले रोजगारीको खोजीमा विदेश जाने योजना बनाए। उनले पासपोर्ट एजेन्टलाई दिए। पासपोर्टमा भिसा लाग्यो। साउदी जाने दिन पनि जु¥यो। तर, एजेन्टलाई दिने रकम जुटेन। उनकी सासू सञ्जिला मण्डलले ज्वाईंको दुःख देख्न सकिनन्। महोत्तरी भंगहा–५ सिद्धपुरकी उनी गाउँकै महाजन अनुरुद साहको घरमा पुगिन्। सँगै गए उनका पति जयनाथ मण्डल।

The Public Today

अनुरुदलाई ५० हजार कर्जा मिलाइदिन सञ्जिलाले बिन्ती गरिन्। ‘हजुर ! मेरो ज्वाईं विदेश जाँदै छ। हातमा उड्ने रुपैयाँ भएन’, उनले दुवै हात जोड्दै जसरी पनि रकम मिलाइदिनु प¥यो भनिन्।

मागेको कर्जा अनुरुदले दिए। तर सर्त राखे, सयकडा ३ रुपैयाँ ब्याज तिनुपर्ने। साउन १५ गते पति जयनाथ मण्डलको नाममा कपाली तमसुक लेखेर सञ्जिलालाई ऋण दिए।

उनका ज्वाइँ सुरज कोरोना कहरबीच भदौमा साउदी उडे। ४ महिनापछि ऋण तिर्न ७० हजार पठाए। रकम लिएर सञ्जिला अनुरुदको घर गइन्। तिर्नुपर्ने १२ लाख १८ हजार ९ सय ९० रुपैयाँ भइसकेछ। यस्तो सुनेर उनी चकित परिन्। हिसाब बुझाउँदै अनुरुदले ९ लाख ९० हजार साँवा र २ लाख २८ हजार २ सय ५० रुपैयाँ ब्याज भनेपछि उनको होसहवासै उड्यो।

‘मैले ५० हजार मात्रै ऋण लिएको थिएँ। कसरी भयो १२ लाख ?’ सञ्जिलाले जान्न चाहिन्। उनलाई जवाफ दिनुको सट्टा घरबाट निस्किहाल नत्र लात हान्छु भन्दै अनुरुदले धम्काए र जलेश्वर अदालतमा पैसा बुझाउनु भने। उनी दुःखी हँुदै घर फर्किइन्।

सञ्जिलाले ऋण लिएको जम्मा ५० हजार। तर २५ जेठ २०७५ को पुरानो मिति राखेर अनुरुदले उनका पति जैयनाथको नाममा २० गुणा बढी कपाली कागज गराएको सञ्जिलाले थाहा पाइन्। ९ लाख ९० हजार ऋण लिएको कपाली तमसुक अनुरुदले अदालतमा पेस गरे। यसको ब्याजसहित असुलउपर गराउन जैयनाथविरुद्ध उनले असोज २२ गते जिल्ला अदालत जलेश्वरमा मुद्दा दर्ता गरिसकेका रहेछन्। ऋण लिएको भन्दा झन्डै १२ लाख बढी तिनु पर्ने भएपछि, न्यायका लागि उनी सबैसँग गुहार माग्दै छिन्।

सञ्जिलाका पति जैयनाथ भारतको मद्रासमा छन्। लिँदै नलिएको कर्जा तिर् भन्दै मिटरब्याजी साहुले अदालतमा मुद्दा हालेपछि सञ्जिला तारिख धाइरहेकी छन्। ‘मंसिर र पुसमा अदालत गएर तारिख लिएँ। अब अदालत जाने बसभाडा पनि छैन। साँझ, बिहान छाक केले टार्नु ?’ उनले रुँदै भनिन् । अनुरुदले गरेका ठगीको यो एउटा प्रतिनिधि घटना मात्रै हो। उनले महोत्तरी, धनुषा र सर्लाहीका दर्जनौं गाउँका सयौं गरिबलाई रुवाएका छन्। थोरै ऋण दिएर २० गुणासम्म कर्जा दिएको कपाली तमसुक बनाई करोडौं ठगिसकेका छन्। उनले यस्तो धन्दा चलाउन थालेको १५ वर्ष बितिसक्यो।

अदालतमा मुद्दा हालेर अनुरुदले सञ्जिलाका आफन्त मीनादेवी मण्डलको ४ कट्ठा र जिबच्छी धानुकको ११ कट्ठा जमिन रोक्का गराएका छन्। आफन्तले पनि ऋण तिरेर चाँडै फुकुवा गराउन दबाब दिएपछि उनी झनै तनावमा छिन्।

अनुरुदको ठगीले सञ्जिला मात्र होइन, उनीजस्ता कैयौं गरिब कंगाल बनिसकेका छन्। ती निरक्षर गरिबलाई थोरै कर्जा दिई धेरैको कपाली कागज बनाएर सहीछाप गराउँछन्। पछि त्यही कागजलाई हतियार बनाएर अदालतमा मुद्दा हाल्ने र गरिबको उठिबास लगाउने उनको धन्दा बनिसकेको छ।

Share this:

  • Twitter
  • Facebook
Tags: जनचासो
mm

राजकरण महतो

महतो द पब्लिक टुडेका लागि सम्पादक हुनुहुन्छ । उहाँलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ ।

Related Posts

ब्रेकिङ्ग न्युज-३

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१८ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

४८ मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

६० मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि
मुख्य

जनताका पहुँचमा इन्टरनेट सेवा

३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१८ मिनेट अगाडि

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

४८ मिनेट अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

६० मिनेट अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2181 shares
    Share 872 Tweet 545
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1470 shares
    Share 588 Tweet 368
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    70 shares
    Share 28 Tweet 18

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने
  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी
  • अभिनेता कपूरलाई कोरोना पुष्टि

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल