एजेन्सी, फाल्गुण ५ गते : दक्षिण अफ्रिकाका कप्तान फाप डु प्लेसिसले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन्। ६९ टेस्ट खेलेका उनले सन् २०१२ मा अस्ट्रेलियाविरुद्ध टेस्टबाट डेब्यु गरेका थिए।
डु प्लेसिसले लेखेका छन्, ‘यो वर्ष हामी सबैका लागि धेरै तरिकाले गाह्रो भएको छ। यो वर्ष मैले आफैंलाई पनि जाँचे। तब मैले महसुस गरें कि यो नयाँ अध्याय सुरु गर्न यो सही समय हो। देशका लागि सबै फर्म्याटमा खेल्नु मेरो लागि गर्वको कुरा थियो।’
अब भने टेस्ट क्रिकेटबाट अवकाश लिने समय आइसकेको छ। मेरो टेस्ट करियर उत्कृष्ट थियो। राम्रो र नराम्रो समयकाबीच आज म यहाँ छु।’
अन्तिम टेस्टमा २१ रन मात्र
प्लेसिसले दक्षिण अफ्रिकाका लागि अन्तिम टेस्ट यस महिना रावलपिंडीमा पाकिस्तानविरुद्ध खेलेका थिए। उक्त खेलमा उनले पहिलो इनिङमा १७ रन बनाएका थिए र दोस्रो इनिङमा ५ रन मात्र बनाए। पाकिस्तानले उक्त खेल ९५ रनले रनले जितेको थियो।
६९ टेस्ट मा १० शतक
८ सालको खेल जीवनमा प्लेसिसले ६९ टेस्ट खेलेका छन्।
यो दौरानमा उनले ४०.०२ औसतमा ४ हजार १ सय ६३ रन बनाएका छन्। उनको स्ट्राइक रेट ४६.३२ रहेको छ। खेल दौरानमा उनको बेस्ट स्कोर १ सय ९९ रहेको छ। प्लेसिसले १० शतक र २१ अर्धशतक बनाएका थिए।
Discussion about this post