सन्दीप आइपीएलको छनोटमा असफल

File photo

काठमाडौं, फागुन ६ गते : नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको १७ औं सस्कारण खेल्न नपाउने भएका छन्।

चेन्नईमा जारी आइपीएलको अक्सनमा सन्दीपलाई कुनैपनि टिमले बोलि नलगाएपछि उनी प्रतियोगिता खेल्न नपाउने भएका हुन्।अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो। सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आइपीएल खेलेका थिए।

दिल्लीले सन्दीपलाई सन् २०१८ को अक्सनमा न्युनतम मूल्य २० लाख भारुमा अनुबन्ध गरेको थियो । तर, दिल्लीले नयाँ सिजनका लागि सन्दीपलाई रिलिज गरेको थियो । युएईमा भएको गत सिजनको आइपीएलमा भने सन्दीप बेन्चमै सिमित भएका थिए। सन्दीपले तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए।

बिक्री नभएका खेलाडीलाई अन्तिम समयमा टिमले न्यूनतम मूल्यमा किन्न पाउने नियम रहेको छ।