महोत्तरीमा ट्रयाक्टरमा करेन्ट लाग्दा चालकको ज्यान गयो

File Photo

निरुता चौधरी
गौशाला, फागुन ८ गते ।

महोत्तरीको औरहीमा ट्रयाक्टरमा विद्युतीय करेन्ट लाग्दा चालकको मृत्यु भएको छ। 

औरही नगरपालिका वडा ६ मा माटो अनलोड गर्ने क्रममा ट्याक्टरको टेलरले विद्युतीय तार छोएपछि ट्रयाक्टरमा करेन्ट प्रवाह भई २३ बर्षिय चालक मुकेश यादवको मृत्यु भएको हो।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गौशालातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश बिष्टले जानकारी दिए। 

ज १ त ६३१७ नम्बरको ट्रयाक्टरमा लोड गरिएको माटो सोही वडाको बैरिया टोलमा ग्रामीण सडक मर्मत गर्न ल्याइएको थियो। 

मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।