एजेन्सी, फागुन ११ गते : भारतीय चिकित्सक संघ (आईएमए) ले सोमबार केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्धनसँग योगगुरु रामदेवको कम्पनीद्वारा तयार गरिएको कोरोनाको तथाकथित औषधी कोरोनिल सार्वजनिक गरेकोमा स्पष्टिकरणको माग गरिएको छ ।आइएमएले सोमबार एक वक्तव्य जारी गर्दै डा. हर्ष वर्धनसँग थुप्रै प्रश्नको जवाफ मागिएको छ ।
आइएमएको तर्फबाट जारी बयानमा केन्द्रीय स्वास्थ्य मन्त्रीमाथि मेडिकल काउन्सिल अफ इन्डियाको कोड अफ कन्डक्टको अपहेलना गरेको अभियोग पनि लगाइएको छ ।
बयानमा लेखिएको छ, ‘नियमका अनुसार कुनै पनि डाक्टरले कुनै औषधी प्रोमोट गर्न सक्दैन तर केन्द्रीय मन्त्री जो आफैं एक डाक्टर हुन्, उहाँले यो औषधीको प्रोमोट गर्नु आफैंमा अचम्मको कुरा हो ।’
भारतीय चिकित्सक संघले यो मामिलालाई मेडिकल काउन्सिल अफ इन्डियासम्म पुर्याउने घोषणा गरेको छ ।
तर यहाँ प्रश्न यो उठ्छ कि भारतीय चिकित्सक संघ डा. हर्ष वर्धनप्रति यति धेरै रिसाउनुको कारण के हो ? भारतीय चिकित्सक संघले यो मामिलालाई मेडिकल काउन्सिल अफ इन्डियासम्म पुर्याउने घोषणा गरेको छ ।
तर यहाँ प्रश्न यो उठ्छ कि भारतीय चिकित्सक संघ डा. हर्ष वर्धनप्रति यति धेरै रिसाउनुको कारण के हो ? तर विश्व स्वास्थ्य संगठनले यो दाबी खण्डन गरेको छ । त्यसपछि नै आइएमएले यो कार्यक्रममा केन्द्रीय स्वास्थ्यमन्त्रीको उपस्थितीमाथि प्रश्न उठाइरहेको छ ।
आइएमएका अनुसार केन्द्रीय स्वास्थ्यमन्त्रीले एक अवैज्ञानिक दाबी जारी गर्नु र विश्व स्वास्थ्य संगठनद्वारा तत्काल खारेज गर्नु यो देशका जनताको अपमान हो ।
Discussion about this post