Tuesday, March 9, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

निकुञ्जद्वारा राहत वितरणको खर्च सार्वजनिक

mm by द पब्लिक टुडे डेस्क
२ हप्ता अगाडि
12
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

रसुवा, फागुन ११ गते : बालीको क्षतिपूर्तिवापत लाङटाङ राष्ट्रिय निकुञ्जले प्रदान गरेको राहत रकम सार्वजनिक भएको छ । किसानको खेतबारीमा पसी वन्यजन्तुले अन्न बाली नोक्सान पुर्याएवापत चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १३९ जनालाई राहतवापत रकम वितरण गरिएको हो ।

The Public Today

क्षतिको मूल्याङ्कनका आधारमा बढीमा रु १० हजारसम्म राहत दिने कानूनी मापदण्डानुसार रु १० लाख ४६ हजार ८३५ वितरण भएको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने स्थानीय बासिन्दाले आफ्नो खेतीमा लगाएको अन्न बाली बर्सेनि जङ्गली भालु तथा बँदेलले क्षति पुर्याइरहेको अवस्थामा सरकारले प्रदान गरेको सानो सहयोगले पनि ग्रामीणवासीलाई ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् ।

यसैगरी चालु आवको यस अवधिमा भालु तथा चितुवाको आक्रमणबाट घाइते भएका चारमध्ये तीन जनालाई उपचार खर्च प्रदान गरिएको छ । भालुले तीन र चितुवाले एक जनालाई घाइते बनाएको निकुञ्जका वन प्राविधिक रेञ्जर विवेक श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार वन्यजन्तुको आक्रमणमा पर्ने निकुञ्जवासीबाहेक अन्य क्षेत्रका व्यक्तिलाई उपचार खर्च दिने प्रावधान नभएका कारण तीन स्थानीयवासीलाई खर्च प्रदान गरिएको हो । वन्यजन्तुको आक्रमणबाट घाइतेलाई सरकारी अस्पतालमा उपचार गराउँदा लाग्ने खर्च प्रदान गर्ने प्रावधान रहेको छ । भालुको आक्रमणमा पर्ने एक जना भने निकुञ्ज क्षेत्र बाहिरबाट घुम्न आएका व्यक्ति भएकाले उपचार खर्च उपलब्ध गराउन नसकिएको निकुञ्जले जनाएको छ ।

यस्तै चालु आवको साउनदेखि माघ मसान्तसम्म एक हजार १२१ नेपाली र ७३ विदेशी पर्यटकले लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । भ्रमणका लागि निकुञ्ज प्रवेश गरेवापत पर्यटक शुल्क रु आठ लाख ७९ हजार राजश्व सङ्कलन भएको निकुञ्ज प्रशासनले जनाएको छ । खर्चतर्फ भने गत साउनदेखि माघ महिनाभर सात महिनाको अवधिमा तलबभत्तालगायत विविध शीर्षकमा रु चार करोड ४४ लाख ९६२ खर्च भएको बताइएको छ ।

समय–समयमा वर्षा नहुँदा बढ्दै गएको सुक्खायामका कारण हालसम्म निकुञ्जका चार स्थानका जङ्गल डढेलोको चपेटामा परेको निकुञ्जका नायबसुब्बा रमेश गौडले जानकारी दिनुभयो । रासस

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे डेस्क

Related Posts

ब्रेकिङ्ग न्युज-३

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१९ मिनेट अगाडि
ब्रेकिङ्ग न्युज-१

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

४९ मिनेट अगाडि
File photo
ब्रेकिङ्ग न्युज-३

काँग्रेस पूर्वसभापति खड्काको निधन

१ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि
मनोरंजन

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि
मुख्य

जनताका पहुँचमा इन्टरनेट सेवा

३ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने

१९ मिनेट अगाडि

महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु

४९ मिनेट अगाडि
File photo

काँग्रेस पूर्वसभापति खड्काको निधन

१ घण्टा अगाडि

बर्दिबासमा भू-माफियाको जगजगी

२ घण्टा अगाडि

अभिनेता कपूरलाई कोरोना पुष्टि

२ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरी : गौशालाका उपमेयरको बुबाले गरे आत्महत्या

    2181 shares
    Share 872 Tweet 545
  • महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कार प्रयास, बुबा पक्राउ

    1470 shares
    Share 588 Tweet 368
  • बर्दिबासमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

    180 shares
    Share 72 Tweet 45
  • अख्तियारको पञ्जाबाट कसरी उम्के ८ लाख घुस लिएका अध्यक्ष राउत ?

    81 shares
    Share 32 Tweet 20
  • धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

    70 shares
    Share 28 Tweet 18

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • एसईई परीक्षा आगामी जेठ १३ देखि सञ्चालन हुने
  • महोत्तरी : तेश्रो बर्दिवास महोत्सव सुरु
  • काँग्रेस पूर्वसभापति खड्काको निधन
  • बर्दिबासमा भू-माफियाको जगजगी
  • अभिनेता कपूरलाई कोरोना पुष्टि

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल