द पब्लिक टुडे
गौशाला, फागुन १७ गते : महोत्तरी प्रहीले नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहका महोत्तरी–सर्लाही इन्चार्जलाई गौशालाबाट नियन्त्रणमा लिएको छ ।
२ नंं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोलीले गौशाला नगरपालिका–११ तारेचौरीमा लुकेर बसेको अवस्थामा महोत्तरी–सर्लाही इन्चार्ज कमलबहादुर सुस्लिङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए
पक्राउ परेका इन्चार्ज सुस्लिङलाई थप अनुसन्धनका लागि महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरि हिरासतमा राखिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।
प्रहरीले चन्दा आतंक मच्चाएको भन्दै उनलाई सर्वाधिक खोजीको सूचीमा राखेको थियो ।
Discussion about this post