द पब्लिक टुडे
गौशाला, फागुन २१ गते । महोत्तरीको गौशाला नगरपालिकाका उपमेयर आशा लामाका ७२ बर्षीय बुबाले आत्महत्या गरेका छन् ।
गौशाला नगरपालिका-१२ स्थित छोरी (उपमेयर)कै घरमा बस्दै आएका उनका बुुबा बन बहादुर थिङले आत्महत्या गरेका हुन् । शुक्रवार दिउँसो करिब २ बजे घर नजिकैको आँप बगैचामा झुण्डिएको अवस्थामा थिङको शव फेला परेको हो । आत्महत्याको कारण बारे भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यता थिङको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।