Thursday, April 15, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

अख्तियारको चङ्गुलबाट कसरी उम्किए गाउँपालिका अध्यक्ष डम्बर बहादुर ?

mm by द पब्लिक टुडे
१ महिना अगाडि
  • विजय कुमार सिंह

ढल्केवर, फागुन २३ गते । म भष्ट्राचार गर्दिन, अरुलाई पनि गर्न दिन्न । अहिले सरकारी कार्यालयका भित्ताहरुमा यस्ता स्टिकरहरु पर्याप्त मात्रामा देख्न पाइन्छ । सुन्य भ्रष्टाचारका नारा बोकेको प्रधानमंन्त्री केपी शर्मा ओली सरकारको ३ वर्षे कार्यकालमा नगण्य भ्रष्टाचारका उदाहरण छन् । भष्ट्राचार र घुस खोरीहरुले अख्तियारको आँखा छल्नुलाई अहिले नौलो मानिदैन् । यसको पछिल्ला ज्वलन्त उदाहरण बनेका छन् धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्री ।

The Public Today

सेवाग्रही बाट लिएको घुस रकम फालेर भागेका क्षेत्री अहिले सम्म फेला परेका छैनन् । उनले गाउँपालिकामा भएको कामको सिलसिलामा ठेकेदार सँग ८ लाख रकम घुस बापत लिए पनि सो रकमलाई पचाउन भने सकेनन् । उक्त रकम फालेर भागेका क्षेत्रीलाई पाँचदिन बितिसक्दा पनि उनलाई पक्रन सकेन ।

अध्यक्ष राउतले भवन निर्माण सम्पन्न भएपश्चात भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले छापा मार्दा उनी चढेको गाडीबाट ८ लाख रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ ।

गाउँपालिकाका सवारी चालक विरबहादुर मगरले चलाएको प्र.२–०२–००१ झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित बाटोमा जाँच गर्दा ८ लाख रुपैयाँ फेला परेको थियो । गाडीमा जाँच गर्न लागेपछि अध्यक्ष राउत भने भागेका थिए ।

फरार अध्यक्ष राउतलाई खोज्न अख्तियारले जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय सुखवा महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलिको समेत सहयोग लिएको थियो । व्यापक खोजतलास गर्दा समेत राउत अहिले सम्म फेला परेका छैनन् ।

राति झण्डै १ बजे स्थानीय र जनप्रतिनिधको रोहबरबमा सम्पूर्ण प्रमाणसहित मुचुल्का बनाएका थिए । अख्तियारले नियन्त्रणमा लिएको गाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्रनारायण यादवलाई जिम्मामा दियो भने चालक र बरामद रकम अख्तियारको टोलीले आफ्नो नियन्त्रणमा लिएर बर्दिबास फर्केको थियो । फरार अध्यक्ष क्षेत्रीको खोजी कार्य भइरहेको अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिमालले जानकारी दिए ।

आफू चढेको गाडीबाट राउत हामफालेर भागेपछि स्थानीयमा अख्तियारप्रति विभिन्न शंका उब्जेको छ ।

Share this:

  • Twitter
  • Facebook
mm

द पब्लिक टुडे

´द पब्लिक टुडे अनलाईन´ पब्लिक टुडे पब्लिकेशन प्रा.लि. द्वारा सञ्चालित छ । हामी यहाँहरुको अमूल्य सल्लाह, सुझाव र सहयोगको अपेक्षा गर्दछौं । इमेल:- [email protected]

Related Posts

मुख्य

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

१२ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-३

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

१२ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

१३ घण्टा अगाडि
File Photo
ब्रेकिङ्ग न्युज-३

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

१३ घण्टा अगाडि
मुख्य

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

१३ घण्टा अगाडि
फाइल फोटो
मुख्य

नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको निधन

१४ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

१२ घण्टा अगाडि

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

१२ घण्टा अगाडि

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

१३ घण्टा अगाडि
File Photo

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

१३ घण्टा अगाडि

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

१३ घण्टा अगाडि

लोकप्रिय

  • महोत्तरीमा चक्का पड्किएर सेनाको जिप पल्टियो : ५ जना घाइते, दुईको अवस्था गम्भिर

    163 shares
    Share 65 Tweet 41
  • धनुषाको ढल्केवरमा पहिलो पटक महोत्सव लाग्दै, चैत २९ बाट सुरु हुने

    252 shares
    Share 101 Tweet 63
  • ढल्केवर महोत्सव आजदेखि सुरु हुँदै, पुर्वमन्त्रीले उद्घाटन गर्ने

    112 shares
    Share 45 Tweet 28
  • महोत्तरी : मन्त्रालयले अधिकृत पठाएपछि गाउँपालिकामा लगाइएको ताल्चा खुल्यो

    107 shares
    Share 43 Tweet 27
  • पत्रकारको चुनाव : महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

    201 shares
    Share 80 Tweet 50

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’
  • प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे
  • राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित
  • भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए
  • जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल