धनुषा : जवरजस्ती करणी गरेको आरोपमा वृद्ध प्रहरीको फन्दामा

प्रतिकात्मक तस्बिर

द पब्लिक टुडे
ढल्केवर, फागुन २५ गते ।
धनुषामा ७ वर्षीया बालिका जवर जस्ती करणी गरेको आरोपमा प्रहरीले एक वृद्धलाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको मिथिला नगरपालिकामा बालिकालाई जवर जस्ती करणी गरेको आरोपमा छिमेकी ६५ वर्षीय कुमारबहादुर मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रका अनुसार आइतबार दिउँसो कुखुरा फर्ममा बालिकालाई बोलाएर ती बृद्धले जबरजस्ती करणी गरेका थिए ।

मगरलाई इलाका प्रहरी कार्यालय ढल्केबरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

सोमबार सार्वजनिक बिदा भएकोले मंगलबार जिल्ला अदालतमाबाट म्याद थप हुने उनले बताए ।

पीडित बालिकाको प्रदेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले जनाए ।