काठमाण्डाै, फागुन २५ गते । यस वर्षको माध्यमिक शिक्षा (एसईई) को परीक्षा आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
कोरोनाका कारण ढिला गरी परीक्षा सञ्चालन हुन लागेको हो । यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । परीक्षा सम्बन्धी अन्य जानकारी आउन भने बाँकी छ ।