महोत्तरी : बर्दिबासमा महोत्सवले छाएको उत्साह [फोटोफिचर]

द पब्लिक टुडे
बर्दिवास, चैत २ गते ।
महोत्तरीको बर्दिबासमा बर्दिबास महोत्सवले उत्साह छाएको छ । फागुन २५ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेको महोत्सव चैत्र ८ गतेसम्म चल्ने छ ।

महोत्सवमा कलाकारदेखि बस्तुसम्मले राम्रै दाम पाएका छन् भने दर्शकले मनोरञ्जन बटुलिरहेका छन् ।

बर्दिबासको कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले जानकारी दिए ।

स्थानीय बस्तुहरूको प्रदर्शनी, व्यावसायिक स्टल, अत्याधुनिक खेल सामग्री, चर्चित कलाकारको प्रस्तुतीकरण रहने महोत्सव अवलोकन गर्न प्रति टिकट ५५ रुपैंया तिर्नुपर्ने शुल्क राखिएको छ  ।

बर्दिबास उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव लगाइएको हो ।