Wednesday, April 14, 2021
The Public Today
Advertisement
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
TRENDING
कोरोना कहर जनचासो ब्रेकिङ्ग न्यूज कोरोना भाइरस कोभिड-१९ विचार कोरोनाको कहर बालिका हत्या प्रकरण
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE
No Result
View All Result
The Public Today
No Result
View All Result

बर्दिबास महोत्सव : थोरै पायो, धेरै गुमायो

mm by राजकरण महतो
३ हप्ता अगाडि
  • राजकरण महतो/जनचासो

१५ दिनमा एक लाख दर्शकको माया पाउँदै बर्दिबास महोत्सव सफलतापूर्वक मंगलबार साँझ समाप्न भयो । तर, महोत्सवका आयोजक बर्दिबास उद्योग बाणिज्य संघमाथि थुप्रै प्रश्न उठेको छ भने महोत्सवले सम्भावना पनि जागायो ।

The Public Today

गत फागुन २५ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेको महोत्सव चैत्र १० गते प्रदेश २ की प्रदेश सभा सदस्य सारदा थापाले समापन गरिन् । बर्दिबासको कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको थियो । तर, उद्देश्यमा महोत्सव भने केन्द्र हुन सकेन ।

बेल पाक्यो हर्ष न बिषमात झै भयो बर्दिबासका व्यापारी, किसान र कलाकारलाई महोत्सव । यहाँका व्यापारीले महोत्सवमा खासै चासो राखेको देखिएन । आयोजकले महोत्सवलाई बुझ्न पनि सकेन । फलानो कलारकार आउँदैछ, चिलानो कलाकार आउँदैंछ भन्दै दिनभरी टेम्पुमा माईक राखेर प्रचार गर्दै हिड्यो आयोजकले । तर, उद्देश्य अनुरुपमा काम गर्न भने सकेन ।

१५० स्टल मध्ये केही मात्रै समान्य खालका स्टालहरु थिए, बर्दिबासका व्यपारीको । महोत्सवमा कमाई हुने स्टल भने बाहिरकै व्यपारीले राख्न सफल देखिए । आफ्नो कमाईबाट महोत्सव आएका बर्दिबासतिरका उपभोक्ताले स्टलमा सरसमान किने । त्यसको फाइदा बर्दिबासका व्यपारीको पोल्टामा पर्न सकेन । बाहिरै व्यापारीले खल्तीमा लिएर गएका छन् ।

बर्दिबास उद्योग बाणिज्य संघले बर्दिबासका कलाकार, कृषक र व्यपारीलाई महोत्सवको महत्व नै बुझाउन सकेनन् । महोत्सवको उद्देश्यमा योजना बनाएर आयोजकले काम गर्नु पर्ने थियो त्यस अनुरुप गर्न चुके ।

यहाँका दर्शकले बरु ५५ को टिकट खरिद गरे महोत्सवको इज्जत बचाए । तेस्रो महोत्सवको समापनसंगै उद्योग बाणिज्य संघले यहाँको जनताको रकम बाहिरका व्यपारी मार्फत अरु सहर बजारमा तेस्रो पटक पनि पठाएर एक प्रकारले ह्याट्रिक नै गर्न सफल भएको छ । यो बाणिज्य संघको लागि घातक हो । हिरा सबै बाहिर गयो, फलाम चाँही यहाँको व्यपार संघको हातमा परेको अवस्था छ । गाना, बजाना, खेलसमाग्री सबका सब बाहिरको । महोत्सव ठेक्केदार पनि बाहिरकै । मात्र नाम रह्यो बर्दिबास महोत्सवको ।

बर्दिबासको कला, संस्कृति, व्यपार प्रबद्र्धनको नाममा लगाइने महोत्सवले बर्दिबासबासीको कल्याण गर्न सकेको छैन । आयोजकले लाखौं लगानी गरेर महोत्सव लगाउँछन् । तर, त्यसको फाइदा सबै बाहिरका व्यपारीले लैजान्छ । अनि कसरी भयो यहाँको व्यपार प्रबद्र्धन ?

राष्ट्रिय स्तरको कलाकार बोलाउने, नचाउने उनीहरुलाई दाम दिने, गाउँमा लुकेका प्रतिभालाई खोजी नगर्ने महोत्सवले कसरी यहाँको कला र संस्कृतिलाई बचाउँछ । महोत्सवको काम हो आफ्नो ठाउँको वस्तु, सेवा, संस्कृति, खानपान, मठमन्दिर, कलाकार, व्यापारबारे प्रचारप्रसार गर्ने । तर, यस विषयमा आयोजकले गम्भिर भएर कहिले सोच्दैंन ।

केही स्थानीय कलाकार, एक घरी केरा देखाएर, एउटा टिभी सो–रुमको स्टल राखेर कसरी महोत्सवको उद्देश्य पुरा भयो ? यो त कर्मकाण्डी बाहेक अरु केही हुनै सक्दैन तेस्रो महोत्सवले यहि भन्दैं छ । यस्तो पाठ त यस अघिको महोत्सवले पनि आयोजकलाई सिकाएकै थियो । तर, आयोजकले पुरानै प्रवृत्ति यसपालि पनि देखायो । सानदार ढङ्गले आफ्नै उद्देश्यलाई पाखा लगाएर महोत्सव सफल भएको भन्दै आयोजकले ढोल पिठिरहेका छन् ।

बर्दिबास उद्योग बाणिज्य संघको कमिकमजोरीलाई प्रदेश सभा सदस्य सारदा थापाले घुमाउरो शैलीमा समापन सभा भनिन् । तर, खुलेर आयोजकको आलोचना गर्नबाट उनी पनि चुकिन उनैलाई प्रश्न गर्नुहोला ।

तर, बर्दिबास महोत्सवले एउटा सम्भावना त जरुरी जगाएको छ । बर्दिबासमा अब चौथौं महोत्सव पनि कसैले आउने साल गर्ने छ । त्यो महोत्सव बर्दिबासको आफ्नै महोत्सव हुनेछ । महोत्सवले बर्दिबासको नाम राष्ट्रिय कलाकारको मध्यले विश्वभर स्थापित गर्न जरुर सहयोग पुगेको छ । यो काम उद्योग बाणिज्य संघ बर्दिबासले गर्न सफल भएको छ । कठिन समयमा पनि उद्योग बाणिज्य संघले महोत्सवलाई शान्ति वातावरणमा सम्पन्न गर्न पाउनु साँच्चै खुशीको कुरो हो ।

बर्दिबास नगरपालिकाका मेयर विदुर कुमार काकीले सहयोग नगरेको बर्दिबास उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले खुलेर जनमानसमा भने । विवाह, समान्य कार्यक्रममा पुग्ने मेयर कार्की १५ दिनको महोत्सवमा न उद्घाटनमा आए न त समाप्नमा नै अनुहार देखाए ।

उनी बर्दिबास नगरबासीको मेयर हो की कुनै एक पार्टीको प्रश्नको उत्तर चाहन्छन् यहाँका व्यवसायी । महोत्सवले साँचो अर्थमा भन्ने हो भने नगर पिताको अभिभावकत्व पाउन सकेनन् । मेयर कार्की महोत्सवमा गएर आयोजकको समस्या बुझेर सहयोग गर्नु पथ्र्यो । तर, उनले त्यो चाहेनन् ।

महोत्सको आम्दानीले बर्दिबास उद्योग बाणिज्य संघले समाजमा रचनात्मक काम भने गरिरहेको छ । दोस्रो महोत्सको आम्दानीले रक्तसंचार केन्द्रको भवन बनायो । यस बर्षको महोत्सवको आम्दानीले आफ्नो कार्यालयको माथिल्लो तल्ला निर्माण गर्न लागेको बर्दिबास उद्योग बाणिज्य संघका अध्यक्ष प्रह्लाद कुमार क्षेत्रीले बताए ।

तीन वर्षको कार्यकालका लागि २०७० सालमा चुनाव जितेका क्षेत्री नेतृत्वको टिम दुई कार्यकाल बिताए । नयाँ कार्य समितिका लागि आउँदैं असार मसान्त भित्र चुनाव बनाउँदैं छन् । क्षेत्रीको नेतृत्व टिमकले शाखामा रहेको बर्दिबास उद्योग बाािणज्य संघ बाणिज्य महासंघमा आबद्ध गराउन सफल भयो । बर्दिबास उद्योग बाणिज्य संघ अब छुट्टै व्यपारी भयो । यो समाचार आजको द पब्लिक टुडेमा छ ।

Share this:

  • Twitter
  • Facebook
Tags: जनचासो
mm

राजकरण महतो

महतो द पब्लिक टुडेका लागि सम्पादक हुनुहुन्छ । उहाँलाई फेसबुकमा पनि भेट्न सक्नुहुन्छ ।

Related Posts

मुख्य

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

४ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-३

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

४ घण्टा अगाडि
ब्रेकिङ्ग न्युज-२

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

४ घण्टा अगाडि
File Photo
ब्रेकिङ्ग न्युज-३

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

५ घण्टा अगाडि
मुख्य

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

५ घण्टा अगाडि
फाइल फोटो
मुख्य

नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको निधन

६ घण्टा अगाडि
Load More

Discussion about this post


भर्खरै

ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’

४ घण्टा अगाडि

प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे

४ घण्टा अगाडि

राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित

४ घण्टा अगाडि
File Photo

भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए

५ घण्टा अगाडि

जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

५ घण्टा अगाडि

लोकप्रिय

  • धनुषाको ढल्केवरमा पहिलो पटक महोत्सव लाग्दै, चैत २९ बाट सुरु हुने

    252 shares
    Share 101 Tweet 63
  • पत्रकारको चुनाव : महोत्तरीमा कमलेश मण्डलको प्यानल विजयी

    201 shares
    Share 80 Tweet 50
  • महोत्तरीमा चक्का पड्किएर सेनाको जिप पल्टियो : ५ जना घाइते, दुईको अवस्था गम्भिर

    155 shares
    Share 62 Tweet 39
  • ढल्केवर महोत्सव आजदेखि सुरु हुँदै, पुर्वमन्त्रीले उद्घाटन गर्ने

    112 shares
    Share 45 Tweet 28
  • महोत्तरी : मन्त्रालयले अधिकृत पठाएपछि गाउँपालिकामा लगाइएको ताल्चा खुल्यो

    107 shares
    Share 43 Tweet 27

सम्पर्क

पब्लिक टुडे पब्लिकेसन प्रा.लि.
गौशाला न.पा.–१, रामनगर, महोत्तरी

सुचना विभाग दर्ता नं. : १३९८/०७५-७६

ईमेल:
[email protected]
[email protected]

हाम्रो टिम

सञ्चालक
रामनारायण महतो-९८१४८३५५४२

सम्पादक
राजकरण महतो-९८१४८१२५३०

संवाददाता
विजय कुमार सिंह (धनुषा)-९८१२०४८५६६
रामबाबु यादव (महोत्तरी)-९८५४०३३९९९

ताजा खबर

  • ममता बनर्जीले भनिन् – ‘मोदीले कान समातेर उठबस गर्नुपर्छ’
  • प्युठान जिप दुर्घटना अपडेट : पाँच जनाकाे ज्यान गयाे
  • राष्ट्रपति भण्डारीद्वारा ४ सय ५२ जना विभूषित
  • भारतमा एकैदिन एक लाख ८४ हजारभन्दा बढी कोरोना संक्रमित भेटिए
  • जोन्सन एन्ड जोन्सनको कोभिड खोपमा रोक

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल

No Result
View All Result
  • होम
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • विदेश
  • खेलकुद
  • कला
  • बजार
  • भिडियो
  • मनोरंजन
  • ई-पेपर
  • रेडियो LIVE

© २०७६ द पब्लिक टुडे | डिजाईनः वेबपल नेपाल