एजेन्सी : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा गरेको भ्रमणलाई लिएर भएको विरोध प्रर्दशनमा फेरी दुईको मृत्यु भएको छ ।
आइतबार फेरि गरिएको प्रर्दशनमा प्रर्दशनकारी र बंगलादेशी प्रहरीबीच भएको झडपमा परी दुईको मृत्यु भएको हो। बंगलादेशको पूर्वी जिल्ला ब्राह्मणबारियाको सरायल सहरमा प्रहरीले चलाएको गोली लागी १९ वर्षीय र २१ वर्षीय युवकको मृत्यु भएको प्रहरी अधिकारीले बताएका छन् ।
धार्मिक कट्टरपन्थी समूह हेफाजात-ए-इस्लामका समूहले मोदीले बंगलादेशमा गरेको भ्रमणविरुद्ध प्रदर्शन गरेका थिए।
त्यस्तै भ्रमणविरुद्ध बंगलादेशको विभिन्न जिल्लामा भएको विरोध प्रर्दशनमा प्रहरीले चलाएको गोली लागी गत् शुक्रबार पाचँ र शनिबार ६ को मृत्यु भएको छ।
Discussion about this post