एजेन्सी : म्यान्मारमा सेनाले गरेको कूविरुद्धको प्रदर्शन जारी छ ।
समाचार संस्था रोयटर्सका अनुसार, गत फेब्रुअरी १ मा कू भएदेखि अहिलेसम्म प्रदर्शनका क्रममा ५०० जनाले ज्यान गुमाइसकेका छन् ।
यसैबीच मंगलवार जनताले भद्र अवज्ञा आन्दोलनका क्रममा सडकमा फोहर फ्याँकेर विरोध गर्न थालेका छन् ।
प्रदर्शनमा चरम दमन कायम छ । सुरक्षाकर्मीहरूले ब्यारिकेड बनाएर राखिएका बालुवाका बोरा हटाउनका लागि उच्च क्यालिबरका हतियार उपयोग गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
सेनाले चाहिँ भीडलाई तितरबितर पार्न दंगानिरोधी हतियार चलाएको बताएको छ ।